नगरपालिकामै जुस तथा वाइन उद्योग संचालन, स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जुस तथा वाइन उद्योग संचालनमा आएको छ । वाइन उत्पादनका लागि कच्चा पदार्थ संकलन तथा प्रशोधनको काम भइरहेको छ । बनमा पाइने डिम्मुर संकलन गरी त्यसको प्रशोधन थालिएको छ । फलफुलको जुस तथा वाइन उत्पादनका लागि उद्योग स्थापना गरिएको हो ।

उद्योगमा आठबीसकोट नगरपालिकाको ४० प्रतिशत र नगरपालिका भित्रका उद्यमी तथा युवाहरुको ६० प्रतिशतमा लगानी छ । स्थानीयको ३ करोड र नगरपालिकाको २ करोड लगानीमा उद्योग संचालन गरिएको कोडकिङ डिस्टलरी’का अध्यक्ष दलबहादुर शाहले बताउनुभयो । उद्योग संचालनमा आएपछि कच्चा पदार्थ संकलन तथा प्रशोधनका लागी प्रत्यक्ष रुपमा ४० जनाले रोजगारी पाएका छन् । यस्तै उद्योगमा अन्य कामका लागी पनि त्यतिकै मात्रामा रोजगारी सिर्जना भएको उद्योग संचालन गरिरहेको कोडकिङ डिस्टलरीले जनाएको छ । उद्योग संचालन भएपछि स्थानीयमा खुसीयाली छाएको छ । काम नपाएर घरमै बसीरहेकाहरुले प्रत्यक्ष रोजगारी पाएको बताएका छन् ।

आठविसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर के.सीका अनुसार चार बर्षपछि नगरपालिकाका विभिन्न ठाउ“मा लगाइएकोे किवी फल्ने र त्यसैबाट १० लाख लिटर वाइन तयार हुने छ । १८ किसिमका फलफुलबाट पाइने पोष्टीक तत्व एउटैबाट पाइने फललाई किवी भनिन्छ । त्यसका लागि २० लाख किलो किवी फल्ने गरी योजना बनाइएको छ ।

किवि फल्नु अघि सम्म डिम्मुर र च्यूरीबाट वाइन बनाइने र त्यसपछि किविको रसबाट बनाइने छ । त्यसका लागि यसै बर्ष नगरपालिकाले ५० हजार बोट किवि किसानलाई दि“दैछ । प्रमुख के.सीले अबको ४ बर्षपछि किविको रसबाट वाइन बनाइने गरी योजना बनाइएको जानकारी दिनुभयो । ४ बर्षसम्म उद्योगमा १० करोड लगानी पु¥याइने र त्यसबाट १० लाख लिटर वाइन उत्पादन गर्ने योजना रहेको छ ।

आठबिसकोटमा उत्पादन भएको वाइन तथा जुसलाई देशबाहिर निर्यात गर्ने योजना नगरपालिकाको छ । उद्योगमा हरेक बर्ष नगरपालिका र स्थानीयबाट समेत लगानी थप्दै लगिने जानकारी आठबिसकोट नगरपालिकाले दिएको छ । आठविसकोट नगरपालिका क्षेत्रभित्र उत्पादन हुने फलफुलहरु स्याउ, सुन्तला, कागती, अमिलो, लगायतका जंगलमा खेरगएका बयर, गुलाफी ज्याम्नो, डिम्मुर लगायतका फलफुल प्रशोधन गरिने आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । अवको दुई बर्ष पछि आठविसकोट नगर क्षेत्रभित्रका झण्डै ७ हजार भन्दा वढी मजदुरले रोजगारी पाउँने नगरपालिकाकाले जानकारी दिएको छ ।

यसका साथै आठविसकोट नगरपालिकाले प्लाईउड उद्योग पनि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । आठविसकोट नगरपालिकाले रोजगारी सिर्जना गर्न विभिन्न किसीमका उद्योगहरु सञ्चान गर्ने तयारी गरेको हो

प्रतिक्रिया दिनुहोस्