मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं ।

कर्णाली राजमार्ग अन्तरगत कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका ७ पिलि कल्यान नजिकै बिहीबार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा खाँडाचक्र ८ का २८ वर्षीय दिपक मल्ल र अर्का चालक नाम ठेगान नखुलेको मेत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम तिर आउदै गरेको मोटरसाईकल ५ सय मिटर तल भिरमा खसेपछि सवार दुवैजनाको दुर्घटना घटनास्थलमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्