चौका दाउको कमेडी ट्रेलर



आगामी पुस २७ गते अल नेपाल रिलिज हुने फिल्म चौका दाउको हँसाएको हँसायै गर्ने रोचक ट्रेलर रिलिज गरिएको छ।
बुधबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक ट्रेलरले शुरूदेखि अन्त्यसम्म हँसाएको हँसायै गर्छ भने फिल्मको भाव पनि बोल्छ। ट्रेलरमा आफ्नो उमेर र परिवारको ख्याल नगरी एउटै युवतीको पछि लाग्ने चार पुरुषलाई प्रस्तुत गरिएको छ। सन्तोष पन्त, तैयब शाह, विल्सन विक्रम राई र रवीन्द्र झाले ऊर्वषी बनेकी नायिका वर्षा राउतलाई पछ्याएको तथा अनेकन हरकत ट्रेलरमा प्रस्तुत गरिएको छ।

ट्रेलर हेरेर जो कोहीले फिल्म हास्यकथामा बनेको अनुमान लगाउँछन्। ट्रेलरमा योग गुरु स्वामी विकासानन्ददेखि सेक्सोलोजिस्ट एवं पँर्व फिल्म निर्देशक डा. सुबोधकुमार पोखरेललाई समेत समेटिएको छ।

फिल्म संरक्षणबाट निर्देशनमा डेब्यु गरेका निर्देशक पँर्णेन्दु झाले निर्देशन गरेका छन्। यसअघि राजनीतिक विषयमा फिल्म तयार पारेका निर्देशक झाले यसपटक यो हास्यप्रधान फिल्मलाई राम्रो बनाउन पँरा मेहनत गरेको बताए। फिल्मका अभिनेता रवीन्द्र झाले आफँहरूले चौका दाउबाट दर्शकलाई भरपुर मनोरञ्जन दिन कुनै कसर बाँकी नराखेको बताए भने लामो समयपछि फिल्ममा देखिएका अर्का अभिनेता तैयब शाहले दुई दशकपछि फिल्ममा फर्किएको र राम्रो फिल्मको राम्रो भँमिकामा काम गर्ने अवसर पाएको बताए।

हास्य अभिनेता निर्मल शर्माले चौका दाउ स्तरीय फिल्म बनेको दाबी गरे। योग गुरु डा. विकासानन्दले चौका दाउ चल्ने विश्वास व्यक्त गरे। फिल्मका परिकल्पनाकार एवं संगीतकार शम्भुजित बासकोटाले फिल्म तथा संगीत क्षेत्रमा निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए। फिल्ममा उनको कथा लेखन र गायन पनि रहेको छ भने अभिमन्यु निरवीको पटकथा र संवाद, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीर्घ गुरुङको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।

सौर्य प्रोडक्सनको ब्यानरमा मनोज राजभण्डारी र सौर्यजित बासकोटाले निर्माण गरेको फिल्ममा सन्तोष पन्त, तैयब शाह, रवीन्द्र झा, अजश्र ढुंगाना, विल्सन विक्रम राई, निर्मल शर्मा, वर्षा राउत, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राईलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्