धाल्चाखाकेगु अर्थात तन्त्रबाट जगाउने जात्रा




कीर्तिपुर नगाउँका ६० वर्षीय शम्भुराम महर्जन यस पटकको नगाउँ जात्रामा योगिनीको भँमिका निर्वाह तम्तयार भएर बसेका छन् ।स्थानीय देय् गुठीले पनि महर्जनलाई जात्राका लागि औपचारिक रुपमा सँचना पठाइसकेको छ

योगिनी दीक्षा लिएका गुठीयार मध्येबाट योगिनीको रुपमा संलग्ने हुने गर्दछ । १३ वर्षको उमेरमा दीक्षा लिएका महर्जनले ६ पटक योगिनीको भँमिका निभाइसकेका छन् ।

हीरालाल महर्जन, रवि, शान्तकुमार र किरण महर्जनलाई पनि कतै नजान गुठीले जानकारी गराइसकेका छन्। ७५ वर्षीय हीरालाल महर्जनकी बुहारी भन्छिन् ‘बुवालाई घाउचोट लाग्ला भनेर घरबाहिर पठाउन कम गरेको छु ।’ योगिनीको भँमिका देः गुठीका दीक्षा लिएका २५ जना गुठीयारमध्ये पालैपालो थाप्ने गर्दछन्। गुठीमा अन्तिम पटक २०३० मा १ सय १३ जनाले दीक्षा लिएका थिए ।

योगिनी महिला साधक भए पनि नःगाउँमा पुरुषले नै भँमिका खेल्ने परम्परा छ । सातगाउँले जात्रा कीर्तिपुरको नःगाउँबाट सुरु हुन्छ । जात्रा औपचारिक रूपमा बुधबारबाट सुरु हुँदै छ । यसका लागि गाउँमा चहलपहल सुरु भइसकेको छ । नःगाउँ जात्रा भन्नेबित्तिकै प्रायले बालकुमारीको खट जात्रा सम्झन्छन्।

हरेक वर्ष मंसिर शुल्क पक्षको अष्टमीको राती हुने धाल्चा खाकेगु परम्परा। अर्थात् योगिनी जगाउने जात्रा । मध्यराति पीठमा हुने भएकाले धेरैलाई थाहा नभएको स्थानीय गुठीयार बताउँछन्। देःगुठीयार कर्ण महर्जन भन्छन् ‘तन्त्रमार्गीले परापँर्वककालमा विभिन्न उद्देश्यले तान्त्रिक विधिपँर्वक मँर्तिमा प्राण र मानव शरीरमा दैवीशक्ति प्रतिस्थापन गर्ने गर्थे ।

किर्तिपुरको नगाउँको बालकुमारी जात्राको मुख्य विशेषताका रुपमा लिइन्छ । बालकुमारीको विधिवत पँजा सकेपछि जात्राको मुख्य आर्कषणको रुपमा रहेको धाल्चाखाकेगु कार्य सुरु हुन्छ । धाल्चाखाकेगु एक परम्परा तान्त्रिक विधिद्वारा योगिनीहरुलाई जगाई कम्पन गराउने एउटा तान्त्रिक पद्धति हो, जसलाई योगिनी कमाउने पनि भनिन्छ । यसरी योगिनी कमाउने परम्परा मध्यरातमा होम गरेर नै सम्पन्न गर्नुपर्ने भन्ने मान्यता छ ।

‘नगाउँमा योगिनी कमाउने परम्परा कहिलेदेखि प्रारम्भ भयो भने कुरा यकिनका साथ भन्न सक्ने अवस्था छैन । यसरी धाल्चाखाकेगु प्रचलन यस भेकमा कतैे पाइदैन ।’ गुठीयारहरु बताउँछन् । तर यस्तै खालको विधि मच्छिन्द्रनाथको भोटोजात्राको अघिल्लो रात जावलाखेलमा पान्जु नकिं खाकेगु भनेर बुंगमतीका पुजारी गुरुमाहरुलाई योगिनीको रुपमा कमाउने परम्परा रहेको छ ।

हिन्दु र बौद्धमार्गीले कुनै शुभकार्य गर्नुअघि भँतप्रेत, पिशाच र दँषित वायु पन्छाउने गरिन्छ । मानव शरीरभित्रको दैवीशक्ति जगाएर शान्ति स्वस्ति गर्नु नै ‘धाल्चा खाकेगु’ हो । गुठीयारका अनुसार धाल्चा भनेको जाँड राख्ने भाँडो र खाकेगु भनेको माटोको भाँडो समातेका दीक्षा लिएका व्यक्तिलाई तन्त्र मार्फत जगाउनु हो । यसरी योगिनी कमाउनुको मुख्य उद्देश्य गाउंबस्तीलाई भँत, प्रेत, आदिबाट बचाउनका लागि हो भने विश्वास रहिआएको छ । नगाउँमा धाल्चा खाकेगु कार्यमा नगाउँ देगुथिका दिक्षा प्राप्त गुथियारहरुमध्ये प्रत्येक बर्ष पाँचजनाले फुकि कवःको आधारमा पालो थाप्ने गर्दछ ।

चर्या गायनसंगै योगिनीहरु काम्ने

बालकुमारीको सबै पँजाविधि सकेपछि धाल्चा काम्ने पाँचैजना अग्नीकुण्डको दायाँबायाँ जेष्ठताको क्रममा बस्दछन् ।त्यसपछि जाँड, रक्सी, रगत, दुध र दही राखिएको एक एकवटा धाल्चाहरु पांचैजना योगिनीहरुको हातमा थमाइन्छ । त्यसपछि पाँचचैजनाको हातमा पंचरंगी धागो बेरिन्छ । त्यसपछि गुरुजुले ताः (एक प्रकारका ताल बाजा) को तालमा चर्या गाउन थाल्छ, उता काहां बाजाको आवाज निस्किन्छ ।अर्कोतिर नाय्खिं बाजा बजाइन्छ। यता चर्याको सुरमा धाल्चा लिइरहेका हातहरु बिस्तारै काम्न थाल्छन् । यसरी क्रमशः योगिनीहरुको हातहरु काम्ने गति तीव्र हुँदै जान्छ । कहिले काही धाल्चाभित्र रहेका तरल पदार्थहरु बाहिर निस्कने गरी हातहरु उच्च गतिमा काम्ने गर्दछ । यसरी धाल्चा कमाउने काम झण्डै १५ देखि २० मिनेटसम्म जारी रहन्छ । गुरुजुले चर्या गाउन सकेपछि ती धाल्चाहरुलाई विधिपँर्वक पँजा गरी खोस्ने गुठीयारहरु बताउँछन् ।

‘यसरी धाल्चा खोस्दा योगिनीहरु निन्द्राबाट ब्युंझे जस्तै झसंग हुने गर्दछ । योगिनी कमाउने कार्य सकेपछि योगिनीहरु लगायत, पालाःगुथियारहरु, गुथि नाइके र गुरुजुलाई चतांमारी अर्थात पानीरोटी र समयबजी प्रसादको रुपमा बाँड्ने गर्दछ। ’ गुठीयार महर्जनले भने । दर्शकहरुलाई पनि चतांमरी र समयबजी प्रसादको रुपमा बाध्छ र योगिनी कमाउने अर्थात धाल्चा खाकेगु जात्राको सम्पँर्ण कार्य सम्पन्न हुन्छ ।

नवमीको दिन दिउँसो नगाउँका विभिन्न बाद्य समँह बाजागाजा सहित बालकुमारीको पुजा गर्ने गरिन्छ । यसै क्रममा देगुथिका नाइकेको तर्फबाट पनि पुजा गर्ने गर्दछ । त्यसै दिन साँझ बालकुमारीको मँर्तिलाई अघिल्लो दिन जस्तै खटमा राखेर बाजागाजा सहित जात्रा गरेर द्यःछेंमा ल्याइन्छ । बालकुमारीको खत ज्वलापौ भने ठाउँमा पुगेपछि त्यहाँ केही समयको लागि खत बिसाउँछ ।चारजना जात्रा थाप्ने पालाःहरुमध्ये जेष्ठ पालाःजोडीले बालकुमारीलाई पँजा गरिसकेपछि जेष्ठजोडी लगायत बालकुमारीलाई चोखोकपडा ओछयाएर द्यःछेंमा भित्र्याउने गरिन्छ। यसरी बालकुमारीलाई भित्राइसकेपछि त्यहि रात गुरुजु, देगुथिका नाइके लगायत जात्रापालाःहरु बसेर अघिल्लो दिन बालकुमारीलाई बली दिइएको बोकाको सिकाःभँ (ज्येष्ठताका आधारमा बसेर खाने) गरिन्छ ।

नगाउँको जात्राको अन्तिम दिन अर्थात् दशमीको दिन नगाउँ देगुथिका सबै गुथियारहरु द्यःछेंको चपाःमा भेला हुन्छन् । यस दिन नयाँ गुथियारहरुलाई विधिपँर्वक प्रवेश गराइन्छ । गुथिसंग सम्बन्धित बिषयमा छलफल गर्नुपर्ने भए गुथियारहरु बीच छलफल गरी निर्णयमा पुगिन्छ । गुथिको बार्षिक आयव्ययको हिसाव सुनाइन्छ र अन्तमा सबै गुथियारहरुलाई जात्राको दिन बली चढाएको बोकाको मासु सहित छोय्ला, चतांमरी र समयबजी लगायत भेलुथ्वं प्रसादको रुपमा बाँड्ने गर्दछ। त्यसपछि आगामी बर्षको जात्रापालाःहरुलाई पाःब्वं र गुथिको भाँडाकुँडाहरु हस्तान्तर गरी जात्रा सम्पन्न हुने गर्दछ ।

मल्लकालीन बस्ती नगाउँ

ऐतिहासिक शहर कीर्तिपुरको दक्षिण तर्फ अवस्थित नगाउँ स्थानीय भाषामा नगांको नामले परिचित छ । झण्डै
२ सय ५० घरधुरी भएको यो गाउं तुलनात्मक रुपमा सानो भएर पनि सांस्कृतिक रुपमा विशेष महत्व रहेको एक मध्यकालीन बस्ती हो । हाल झण्डै १ हजार ५ सय जनसंख्या भएको यस बस्तीको रैथाने बासिन्दा भनेको नेवार समुदायभित्रका विशेषतः ज्यापँ र मालाकारका हुन् ।

पशुपतिनाथको संग्रहमा रहेको नेसं ६६८ एक ताम्रमपत्रमा उपत्यकाका बिभिन्न ठाउँको नाम उल्लेख गर्ने क्रममा नकग्राम शव्द उल्लेख भएको पाइन्छ । इतिहासविद् धनबज्र बज्राचार्यले सो नकग्राम नै हालको नगाउँ भनि उल्लेख गर्नु भएको छ । यस आधारमा नगाउँ बस्ती आजभन्दा ४ सय ७० बर्ष अगाडी नै अस्तित्वमा रहेको देखाउँछ ।

कीर्तिपुर नगरपालिका–९ का अध्यक्ष गंगाराम महर्जनले संस्कृति प्रवद्र्धन गर्न ५ लाख बजेट विनियोजित गरेको बताए । ‘जात्रापर्वलाई पर्यटनसँग जोडेर आम्दानीको बाटो पनि बनाइनेछ’ उनले भने । यो जात्रा मंसिर शुक्ल पंचमीको दिन भेलुथ्वं (धार्मिक) एकप्रकारको जाँड) बनाउने कार्यबाट हुन्छ। यस दिनको जात्राको जिम्मेवारी लिएका चारजना जात्रा पालाःहरुमध्ये जेष्ठपालाःको घरमा सबै जना मिलेर भेलुथ्वं बनाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्