पोखरा फाइनान्स बा“झापाटनमा शाखा



पोखरा(नेस)
पोखरा फाइनान्स लिमिटेडले कास्की पोखरा म.न.पा. १३, बा“झापाटनमा शाखा विस्तार गरेको छ । शाखाको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि.ले गर्नुभयो ।

चुक्ता पु“जी रु. ८५ दशमलब ७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ७ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४३ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ ।

सो शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड लगायतका सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आ.व. २०७४र७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३ दशमलब ६८४ प्रतिशत मुनाफा वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले बताउनुभयो ।

कार्यक्रममा पोखरा म.न.पा. १३ का वडा अध्यक्ष लेख बहादुर तामाङ, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, कोन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शरद कान्त सिग्देल संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ अध्यक्ष भुवनसिं गुरुङ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्