स्वप्न वाटिकालाई क्याम्पियन कप



काठमाडौं, (नेस)
स्वप्न वाटिकाले प्रथम क्याम्पियन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । लगनखेस्थित आयोजक क्याम्पियन स्कुलमा भएको फाइनलमा स्वप्न वाटिकाले राजश्री गुरुकुललाई २–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि अभिषेक मल्ल र दिनेश राईले १–१ गोल गरे ।

प्रतियोगितामा स्वप्न वाटिकाका दिनेश राई उत्कृष्ट खेलाडी तथा राजश्रीका दिग्गज श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । राजश्रीका करणदीप श्रेष्ठ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । उनले जम्मा ९ गोल गरे । विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ, क्याम्पियनका प्रिन्सिपल रोशन भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्