नेपाल पाकिस्तान मैत्री खेल शुरु



काठमाडौं, (नेस)
चौथो नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । १० दिने प्रतियोगितालाई बुधबार काठमाडौका मेयर विद्यासुन्दर शाक्यले उदघाटन गर्नुभयो । मेयर शाक्यले दुई देशको युवालाई क्रिकेटले मैत्री गराउनेछ । वहाँले पाकिस्तानी दुतावासलाई सो वार्षिक खेलकुद प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा पनि व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा पाकिस्तानका राजदुत मजहर जावेदले नेपाली युवामाझ सो वार्षिक खेलकुद लोकप्रिय बन्दै गएको बताउनुभयो । २१ डिसेम्बरमा सम्पन्न हुने प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्