लिभरपुल नकआउट चरणमा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको समुह सी को अन्तिम खेलमा इटालियन क्लब नेपोलीलाई १–० गोलले हराएको हो । गर या मर को खेलमा जित दिलाउन लिभरपुलका स्टार खेलाडी मोहमद सलाह नायक बनेका थिए । सलाहले जेम्स मिल्नरको पास सदुपयोग गर्दै ३४ औं मिनेटमा गरेको गोल निर्णायक सावित हुँदा लिभरपुल अन्तिम १६ मा पुग्यो ।

जितपछि लिभरपुलले ६ खेलबाट ९ अंक जोड्दै समुह उपविजेता बन्यो । जबकी नेपोलीको पनि समान ९ अंक नै थियो । तर हेड टु हेडमा प्रिमियर लिग क्लबले बाजी मारेको थियो । उक्त समूहबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुगेको छ ।

यसैगरी इंग्लिस क्लब टोटेनह्याम हट्स्परले स्पेनिस क्लब बार्सिलोनालाई १–१ को बराबरीमा रोक्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश पाएको छ । समूहको सुरुवाती तीन खेलमा जम्मा १ अंक जोडेको टोटनह्यामले त्यसयता लगातार दुई जित र मंगलबारको खेलमा बार्सिलोनालाई बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनायो । समूहको अर्को खेलमा इन्टर मिलान र पीएसभीले समान १–१ को बराबरी खेल्नाले पनि टोटनह्यामको भाग्य खुलेको थियो ।

बार्सिलोनाका ओस्मान डेम्बेलेले खेलको सातौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मोउराले खेलको ५ मिनेट समय बाँकी छंदा गोल गर्दै अघिल्लो चरण प्रवेश पक्का गराए । खेलको ८५ औं मिनेटमा केनको क्रसमा मोउराले फस्ट टच मै गोलको दिशा दिएका थिए ।

बराबरीसँगै बार्सिलोनाले यस नतिजासँग च्याम्पियन्स लिगमा घरेलु मैदानमा अपराजित यात्रालाई २९ खेल पु¥याएको छ । पछिल्लो २९ खेलमा बार्सिलोनाले २६ जित र ३ बराबरी खेलेको छ । यो कीर्तिमान सन् २००२ अप्रिलमा बायर्न म्युनिखले कायम गरेको थियो । टोटेनह्याम भने च्याम्पियन्स लिगमा चार पटक खेल्दा तेस्रो पटक अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।

यो समुहबाट बार्सिलोना समूह विजेता र टोटेनह्याम समूह उपविजेताको रुपमा अर्को चरण प्रवेश गरे । बार्सिलोनाले ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक जोडेको छ । टोटेनह्याम र इन्टर मिलानले ६ खेलमा समान २ जित, २ बराबरी र २ हारसँगै ८ अंक जोडे । तर हेड टु हेडमा टोटनह्याम अवे गोलमा अगाडी रहँदै दोस्रो चरणको यात्रा तय गर्न सफल रहयो ।

यसैगरी पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समुह सी अन्तर्गतको अन्तिम खेलमा रेडस्टार बेलग्रेडलाई ४–१ गोलले हराउँदै पिएसजीले सह विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो । मंगलबार राति अवे मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन नेयमार, क्लियन एम्बाप्पे र एडिन्सन काभानी र मार्किन्योसले गोल गरेक थिए । रेड स्टारका मार्को गावेजिकले एक गोल फर्काए ।

पीएसजीले १०औं मिनेटमा एडिन्सन काभानीको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले क्लियन एम्बाप्पेको पासमा गोल गरेका थिए । खेलको ४० औं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

५६ औं मिनेटमा मार्को गोवेजिकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । तर, त्यसपछि पीएसजी खेलमा फर्किदै थप दुई गोल गर्न सफल भयो । ७४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई मार्किन्योसले गोल गर्दै पिएसजीलाई ३–१ को अग्रता दिलाए । इन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ४–१ को जित दिलाए ।

जितसँगै पीएसजी समूह ‘सी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । पीएसजीले समूहको ६ खेलमा ३ जित, २ बराबरीसँगै १ हार बेहोर्दै ११ अंक जोड्या

प्रतिक्रिया दिनुहोस्