बूढानीलकण्ठ र पुष्पसदन च्याम्पियन



काठमाडौं, (नेस)
बूढानीलकण्ठ र पुष्पसदन एसएमएल इसुजु २५ औं ज्ञान कार्निभलमा बुधबार च्याम्पियन बनेका छन् । बूढानीकलकण्ठ ब्वाइज फुटबल तथा पुष्पसदन मिनि ब्वाइज बास्केटबलमा पहिलो भए ।

ब्वाइज फुटबल फाइनलमा बूढानीलकण्ठले शहिद धर्मभक्तबाट वाक ओभर पायो । मिनि ब्वाइज बास्केटबलमा पुष्पसदनले ओसिसलाई ५०–३४ ले पराजित ग¥यो । पुष्पसदनको जितमा सन्जिव बोहराले २१ अंक योगदान गरे ।
फुबलमा आयोजक ज्ञानोदयका आयुश खपाङ्गी तथा बास्केटबलमा पुष्पसदनका सन्जिव बोहरा उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताभर ९ गोल गरेका बूढानीलकण्ठका मन्जिल गौतम सर्वाधिक गोलकर्ता बने । फुटबलमा आयोजक ज्ञानोदय तथा बास्केटबलमा मर्सी मिसन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे । साताव्यापी प्रतियोगिताको फुटबलमा १६ तथा बास्केटबलमा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्