हजुरआमा कुटपिट गर्ने कारागार चलान



चौतारा ।
आफ्नी ७८ वर्षीया हजुरआमालाई कुटपिट गरी घर निकाला गर्ने नातिहरुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले कैद तथा जरिवाना गरेको छ ।

जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक गढी नगरपालिका–११ साँगाचोक निवासी वृद्धा राधाकुमारी गिरीलाई नातिद्वय ३० वर्षीय विक्रम र ३५ वर्षीय विष्णुले हात भाँच्चिने गरेर कुटपिट गरी घरबाट निकालेको अभियोगमा जनही दुई महीना कैद सजायको फैसला भएको से्रस्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

अभियुक्तलाई जनही रु १० हजार जरिवाना र जनही रु ५० हजार पीडितलाई क्षतिपूर्ति गराउन समेत फैसला गरिएको छ । पीडितले आफूलाई कुटपिट गरेको भनी मुद्दा दर्ता गरेपछि अदालतले आरोपीविरुद्ध म्याद पठाउँदा प्रत्युत्तर दिन नआएपछि सो फैसला गरेको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्