नेका राजनीतिक प्रतिवेदनमाथि छलफल जारी



काठमाडौँ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको प्रस्तावित राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ ।

नेकाका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, महेश आचार्य, प्रदीप गिरी, डा मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा चन्द्र भण्डारी, रामकृष्ण यादव, रमेश लेखक र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय समितिको बैठक मङ्सिर ९ गतेदेखि जारी रहेको छ । राजनीतिक प्रस्तावमाथि धारणा व्यक्त गर्नेक्रम जारी रहेको र अर्को बैठक बिहीबार दिनको ११ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्