अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डको सरसफाई अभियान जारी



पुष्कर बुढाथोकी, भक्तपुर ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नेपालको समृद्धिको नयाँ अभियान सुरु गरेको बताउनुभएको छ ।अरनिको राजमार्ग खण्डको सरसफाई अभियानको २१ औ दिनको समापन कार्यक्रममा बोल्दै उहाँले सरकार देशको आर्थिक, सामाजिक र साँस्कृतिक समृद्धिमा अगाडि बढेको उहाँको भनाई थियो ।

अब सरकारले तिब्र गतिमा गुनासो नआउने गरि जनताले सोचे जस्तैगरि काम गर्ने मन्त्री बस्नेतको भनाई थियो । जनताले सोचे जस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यबस्थापन गर्न मै सरकारको आठ नौ महिना बितेको उल्लेख गर्नुभयो ।देशमा एकवर्ष भित्र सरकार परिवर्तन भईरहने परम्पराको अन्त्य भएको बताउँदै उहाँले देशले पाँचवर्षे स्थिर सरकार पाएको बताउनुभयो ।

साधन श्रोत सिमित हुनु र आवश्यकता धेरै भएकाले आवश्यकताको प्राथमिकताको पहिचान गर्र्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताहरु पुरा गर्न सरकार दृढतापूर्वक रुपमा अगाडि बढेको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले सरसरफाई अभियानलाई मन्त्रालयको सधै साथ र सहयोग रहने बताउदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यर्सैवर्षबाट सुरु हुने बताउनुभयो । मन्त्री बस्नेतले यसवर्ष प्राणी उद्यानको यसवर्ष डिपिआर निर्माण हुन्छ भन्दै त्यो सकिए लगत्तै उद्यान निर्माणको काम सुरु हुने र आवश्यक बजेट दिन अर्थमन्त्रालय पनि सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभाका सांसद महेश बस्नेतले साँगाबाट भक्तपुर प्रवेश गर्दा र जडिबुटीबाट भक्तपुर पस्दा यातायातका साधनबाट सडकमा फोहोर फाले कडा कारबाही गर्ने बताउनुभयो । उहाँले भक्तपुरको सफाई अभियान नेपाल कै नमूनाको अभियान भएको बताउनुभयो । सडकमा फोहोर नफाल्न र यातायातका साधन भित्रै फोहोर संकलन गर्न मन्त्री बस्नेत र सांसद बस्नेतले सार्वजनिक बसलाई फोहोर संकलन गर्ने डस्टबिन वितरण गर्नुभयो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र काभ्रेको बनेपा नगरपालिकालाई पनि फोहोर संलन गर्ने डस्टबिन वितरण गर्नुभयो ।

प्रदेश सभाका सांसदहरु शशीजंग थापा, डा. राजेन्द्रमान श्रेष्ठ, रजनी जोन्छे, प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल काभ्रेका प्रमुख उद्धब केसी, काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, भक्तपुरका प्रजिअ नारायण भट्ट, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, बिभिन्न दलका नेताहरु, सफाई अभियन्ताहरु र बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा कार्यक्रममा सभापति एवं संयोजक सुनपाका प्रमुख थापाले सफाई अभियानलाई वडा वडाबाट समेत संचालन गर्ने बताउनु्भयो ।

भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन गरिएको छ भने आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्