जनतान्त्रीक तराई मुक्ति मोर्चाका ११ जना केन्द्रिय सदस्यले हतियार बुझाए



शिवहरीप्रसाद भट्टराई, राजविराज ।
जनतान्त्रीक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् ।
उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानी प्रसाद मगरीया यादव (भगतसिंह), वद्री यादव,लगायतले हतियार वुझाएका हुन् ।

मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ । मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहाई, मधेशी युवाहरुलाई शेना÷प्रहरीमा भर्ती, मोर्चाका कार्यकर्तालाई जिविकाका लागि रोजगारीको अवसरलगायतका ११ वुदे मागमा छलफल गरी सहमति तयार भएको राजनितिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले वताए ।


उनीहरुले सानो नलकटुवा पेस्तोल १० थान, लामो नलकटुवा पेस्तोल १ थान, कटुवा १ थान, डिटोनेटर १ थान गरी जम्मा १३ थान हतियार वुझाएको उनले जानकारी दिए ।

मोर्चाका १५ जना केन्द्रिय सदस्यको वैठक वसेर सरकारसँग वार्ता गर्ने सहमति भएपनि संयोजक गोईतले वर्ता नगर्ने अडान लिएपछि आफुहरुले गत जेठ २ गते विद्रोह गरेर छुट्टै मोर्चा वनाएको र सोहि समुहमार्फत हतियार वुझाईएको उनको भनाई छ ।

सरकारी वार्ता टोलीका संयोजक पाण्डेले अविनाश सहितका अधिकांश नेताले हतियार वुझाई सकेपछि गोईतसँग वार्ता गर्नु पर्ने अवस्था समेत नरहेको वताए । सप्तरीमा तीन वटा सशस्त्र समुहसँग वार्ता भईरहेको जम्मा ५ वटा समुहले तत्कालै हतियार वुझाउने तयारी भईरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्