पर्सामा किशोरीहरु घरभित्रै असुरक्षित



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा किशोरीहरु घरभित्रै पनि असुरक्षित रहने गरेको पाइएको छ । गाउँघर तथा शहर बजार क्षेत्र सबैतिर बालिका तथा किशोरीहरु असुरक्षित रहेको पर्सा प्रहरीको तथ्याकले देखाएको हो ।

पर्सा जिल्लामा सन् २०१८ को जनवरीदेखी हालसम्म ११ महिनाको तथ्यांकले किशोरीहरु सबैभन्दा बढी असुरक्षित रहेको देखाएको छ।प्रहरीले अनुसन्धान गरेर मुद्दाको रुपमा अगाडि बढाएका घटनाको अभिलेख अनुसार वर्षभरिमा पर्सामा १८ वर्ष मुनिका १७ किशोरी बलात्कृत भएको घटना उल्लेख छ भने एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ।

यस्तै १८ वर्षभन्दा माथिका ६ जना युवती बलात्कारबाट पीडित भएका छन् भने दुई जनामाथि बलात्कारको प्रयास भएको पर्सा प्रहरीको मुद्दा फाँटको अभिलेखालयमा उल्लेख छ । बलात्कार र बलात्कार प्रयासका घटनामध्ये करिब ७० प्रतिशत पीडितहरु १८ बर्ष मुनिका हुने गरेको तथ्यांकले देखाएको छ ।

पर्सामा बलात्कार तथा यौनिंक हिंसाका घटना प्रायः घर वरपर नै हुने गरेको पाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । प्रहरी कार्यालयमा आएको उजुरीलाई आधार मान्दा सबैभन्दा बढी घरमा र आफन्तबाट नै बढी बालिका,किशोरी वा युवतीहरु असुरक्षित रहेको पाइएको पनि उनले जानकारी दिए । पर्सामा किशोरीहरु असुरक्षित हुनुमा आफन्तहरु प्नि असुरक्षित नै देखिएको इन्सेक पर्साका अध्यक्ष केसी लामिछानेले बताए । इन्सेक पर्साले हालै प्रकाशित गरेको बर्ष पुस्तकमा पनि सो कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्