बाख्रापालन व्यवसायको ४ लाख रकम अनियमितता



संखुवासभा ।
संखुवासभा युवा उद्यम कार्यक्रम मार्फत बाख्रापालन व्यवसाय गर्ने लगिएको चार लाख रुपैंया अनियमितता भएको रहस्य खुलेको छ । राष्ट्रिय युवा परिषद अन्तरगत जिल्ला युवा समितिद्धारा पाँचखपन नगरपालिका ५ को मिश्रित कृषक समूहले उक्त रकम बुझी लगेको भएपनि अहिले सम्म काम शुरु नभएको हो ।

राष्ट्रिय युवा परिषद अन्तरगत युवा उद्यम कार्यक्रम मार्फत ४ लाख रकम असोज ६ गते मिश्रित कृषक समुहले बुझेको देखिएको छ । उक्त रकम कहिले लिएको भन्ने सचिवलाई समेत जानकारी नदिएको र केहि समय अघि थाहा भएपछि रकम खोज्दा समुहका सल्लाहकार मानसिङ पोखरेलले रकम लगेको समुहका सचिव रमेश पोखरेलले बताउनु भयो । उक्त रकमबाट सल्लाहकार मानसिंहले बाईक खरिद र बाकी रकम रिण तिरेको सचिव पोखरेलले आरोप लगाउनु भयो ।

सचिव पोखरेलले समुहमा बाख्रापालन व्यवसायकालागी आएको रकमका बारेमा आफुले जिल्ला युवा समिति संखुवासभामा समेत निवेदन दिएको र निवेदन उपर छलफल गर्न संघिय सांसद राजेन्द्र गौतम, प्रदेश सांसद तुलसी न्यौपाने, सरिता खड्का लगायतले बोलाउदा मानसिङ पोख्रेलले फोन स्विच अफ गरि छलफलमा समेत सामेल नभएको गुनासो गर्नु भयो ।

यता समुहका सल्लाहकार मानसिंह पोखरेल भने आफु ब्यास्त भएकाले छलफलमा आउन नसकेको र रकम आफु जिम्मा रहेको स्किार गदैे काम पौष महिना देखि शुरु गर्ने बताउनु भयो । उक्त कृषक समुहमा मानसिंहका छोरा, बुहारी र आफना नातेदार रहेका छन ।

आ.व. २०७४।०७५ को कार्यक्रम अनुसार संखुवासभामा दुई वटा युवा उद्यम कार्यक्रम छनौट भएको थियो । युवा समितिबाट छनौटमा परेको अर्को आङ्ला कृषक समुह खाँदवारीले तरकारी बालीमा रकम लिई उत्पादन समेत हुन शुरु गरेको र मिश्रीत कृषक समुहले भने काम शुरु नगरेको जिल्ला युवा समिति संखुवासभाका अध्यक्ष हरि लिम्बुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्