रोल्पामा जीप दुर्घटना हुँदा २० जना घाइते



महेश न्यौपाने, रोल्पा ।
रोल्पाको माडीगाउँपालिका १ घर्तीगाउँ झिनुवामा आज करिव १० वजे भएको जीप दुर्घटनामा परि २० यात्रु घाईते भएका छन । रोल्पाको रांसीवाट २२ जना यात्रु लिएर दाङ तर्फ जाँदै गरेको उक्त जीप दुर्घटनाग्रस्त भएको हो । उक्त जीप सडकको हिलोमा चिप्लिएर करिव १ सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

रा १ज ६१६ नम्वरको उक्त जीप दुर्घटना भएको बारे स्थानीयहरुले प्रहरीलाई जानकारी गराए पछि ईलाका प्रहरी कार्यालय घर्तीगाँउका प्रहरी नायव निरिक्षक चुनवहादुर कार्की नेतृत्वको ११ जनाको प्रहरी टोली घटना स्थल पुगी उद्धार गरेको वताईएको छ । दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको वताइएको छ ।

घाईतेहरुलाई थप उपचारका लागि दाङ तर्फ लगिएको छ । गाडीमा महिला वालवालिका समेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्