भोटको ओत टल्किदै गरिवका छाना, १ हजार खरका घरमा जस्ता लगाइने



सलिम अन्सारी, प्युठान ।

जिल्लाको दुर्गम गौमुखी गाउँपालिकामा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई गाउपालिका च सुरक्षित छानोमुनी ल्याउने काम सुरु गरेको हो ।खरको छानो मुक्त बनाउन चालू आर्थिक बर्षमा गाउपालिकाले ५ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैया बजेट बिनियोजन गरेको थियो। यसैबाट गाउपालिकाका १ हजार ६ सय ३३ घर परिवारका लागि ५ हजार ५ सय ५४ बण्डल जस्तापाता बितरण गर्न लागेको हो।

बिपन्न समुदायका घर मात्रै खरका छानाका रहेकाले उनिहरुलाई राहत पुग्ने र गाउको परिचय समेत फेरिने गाउपालिका अध्यक्ष बिष्णु कुमार गिरिले नेपाल समाचारपत्रलाई बताए।बिकासका कामलाई थाती राखेर जनताको घरलाई छानोमुक्त बनाउन लागेको उनले सुनाए। “ “स्थानिय सरकार नागरिकको घरदैलोमै छ भन्ने अनुभूति दिलाउन टिन दिने योजना बनाएका हौं।“ उनले भने।

गत सोमबार गौमुखी ३ रजवारा गाउबाट यो अभियानको सुरुवात गरिएको हो घर छाउन तयार तिला मल्ल र कुल बहादुर मल्ललाई जस्तापाता उपलव्ध गराईएको हो।टिन पाएपछी बर्षै्पिच्छे घर छाउने र पानी पर्दा चुहिने समस्याबाट छुट्कारा भएको भन्दै तिला मल्लले धन्याबाद दिइन। “टिन पायौं,खुसी लागेको छ।“ मल्लले भनिन सरकार घरदैलोकै आएजस्तो भयो।“रजवाराका ५ सय ५ कुरियाले जस्तापाता पाउने छन ।

विपन्न परिवारका घर पहिचान गरी स्थानीयसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको गौमुखी ३ का वडाअध्यक्ष जंग बहादुर पुनले बताए । “खरको छानोमुनी बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं” वडाअध्यक्ष पुनले भने । जस्तापाता खरिद र ढुवानीमा वडा कार्यालय आफँैले लगानी गरेको छ भने जस्तापाता फेर्न गाउँलेले पनि सघाएका छन् ।

कार्य्बिधी बनाएर बिपन्न परिवार पहिचान गरे पश्चात् मात्र गाउपालिकाले खरका छाना हटाउने अभियान थालेको हो।घर छाउन तयार पारेर वडा कार्यालयमा निवेदन दिनुपर्ने छ।

आर्थिक विपन्नताका कारण छानो फेर्न नसकेका परिवारलाई गाउँ सरकार साहारा बनेको छ । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि गाउपालिकावासी पनि खुशी छन् ।

प्रतिक्रिया दिनुहोस्