मधेशी दलका नेताहरुले भेटे आदित्यनाथ



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरुले भेटघाट गरेका छन् ।

जानकी मन्दिरमा पूजा गरी मुख्यमन्त्री लालबाबु राउतको सरकारी निवास मधेश भवन पुगेका आदित्यनाथसँग राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, अनिलकुमार झालगायतले भेटेका हुन् ।

भेटमा नेपालस्थित भारतीय दूतावासका राजदूत मन्जिम्भ पुरी पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्