दीपिका फेरि एसियाकै कामुक



बलीउड नायिका दीपिका पादुकोण फेरि पनि एसियाको सबैभन्दा कामुक महिलाको लिस्टको पहिलो नम्बरमा आएकी छिन्।

बेलायतबाट प्रकाशित हुने पत्रिका इस्टर्न आईद्वारा गरिएको सर्वेक्षणमा उनले यो उपाधि पाएकी हुन्। तीन वर्षभित्र उनले दोस्रोपटक यो उपाधि जितेकी हुन्। केही समयअघि मात्र रणवीर सिंहसँग विवाह गरेकी उनी ५० उत्कृष्ट कामुक महिलाको सूचीमा पहिलो भएकी हुन्।

यस लिस्टको दोस्रो स्थानमा अर्की नायिका प्रियंका चोपडा छिन्। अघिल्लो वर्ष यस लिस्टमा प्रियंकाले बाजी मारेकी थिइन्। यो लिस्टको तेस्रो स्थानमा निया शर्मा, चौथोमा हिना खान र पाँचौंमा शिवागी जोशी सामेल छन्।

प्रतिक्रिया दिनुहोस्