ट्रम्पमाथि महाअभियोग



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ चुनाव अभियानका क्रममा वित्तिय उलंघन गरेको आरोपलाई लिएर महाअभियोग लाग्ने आशंका प्रबल भएको छ । सदर्न डिस्ट्रिक्ट अफ न्युयोर्कमा अभियोजकद्वारा ठुलो संख्यामा कानुनी दस्तावेज पेस गरेपछि हालैका दिनमा ट्रम्पमाथि महाअभियोग लगाउन सकिने सम्बन्धी चर्चा भइरहेको सन्चार माध्यमले जनाएको छ ।

ट्रम्पका वकिल माइकल कोहेनले राष्ट्रपतिका निर्देशनमा काम गरेका थिए जब उनले सन् २०१६ को राष्टपति चुनाव अभियानका क्रममा कानुन उलंघन गरेको आरोप लगाइएको छ । डेमोक्र्याटस सत्तामा आएपछि आफुमाथि अभियोग लगाउन सक्ने ट्रम्पले चिन्ता ब्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्