भारतको पाँच राज्यको विधानसभामा भाजपा पत्तासाफ



नयाँदिल्ली (एजेन्सी)
भारतका ५ राज्यमा भएको विधानसभा चुनावमा सत्तारुढ भाजापा पत्तासाफको स्थिति देखिएको छ । भाजपालाई पछाडी पार्दै विपक्षी कांग्रेसले ३ राज्यमा सत्तामा फर्कने सम्भावना रहेको छ । राजस्थान र छत्तीसगढमा कांग्रेसले भाजपालाई धेरै पछाडी पार्दै बहुमत पक्का गरेको देखिन्छ । त्यसैगरी मध्य प्रदेशमा भाजपाको कडा प्रतिस्पर्धामा पनि कांग्रेस नै अग्रता हासिल गर्दै बहुमत हासिल गर्ने स्थितिमा पुगेको छ ।


सन् २०१४ मा सत्तामा आएका भाजपाका नरेन्द्र मोदीको सरकारका लागि यो ठुलो झटका भएको बताइएको छ । ती राज्यले नै भाजपालाई केन्द्रमा सत्तामा पुर्याउन महत्वपुर्ण भुमिका निभाएका थिए । छत्तिसगढर मध्य प्रदेशमा १५ बर्षदेखि भाजपाको सरकार थियो भने राजस्थानमा ५ बर्ष अगाडी गहलोत सरकारलाई पराजित गरी बसुन्धराले सत्ता सम्हालेकी थिइन् ।

चुनावी नतिजामा अग्रताको हिसाबले छत्तिसगढमा कांग्रेस दुई तिहाई बहुमत तर्फ बढीरहेको छ र मध्य प्रदेशमा सत्तारुढ भाजापालाई कडा चुनौति दिइरहेको छ । राजस्थानमा पनि पुरानो इतिहास दोहोर्याउँदै पाँच बर्षपछि कांग्रेस पुनसत्तामा फर्किने देखिएको छ ।

तेलंगानामा टीआरएसलाई दुई तिहाइ
तेलंगानामा केसीआरको पार्टी टीआरएस ८६ सिटमा अग्रता हासिल गर्दै दुई तिहाई बहुमत प्राप्त गर्ने संकेत देखाइरहेको छ । अहिलेसम्म घोषित नतिजामा टीआरएसले ४५ सिट जितिसकेको छ । यहाँ एमएनएफले २६ सिट र कांग्रेसलाई ५ सिट प्राप्त गरेका छन् । त्यसैगरी भाजपालाई १ र स्वतन्त्र उम्मेदवारले ८ सिट हात पारेका छन् ।

राजस्थानमा पाँच बर्षपछि पुन कांग्रेस
राजस्थान विधानसभाको २ सय सिटमध्य १ सय ९९ सिटका लागि भएको चुनावमा अहिलेसम्म १३२ सिटको घोषित नतिजामा भाजपाले ४८ सिट जितिसकेको छ । कांंग्रेसले ६६ सिटमा जित हासिल गरिसकेको भने यहाँ ४५ सिटमा अग्रता हासिल गरिहेको छ । अन्य स्वतन्त्र तथा साना दलले १० सिटमा जित हासिल गरेका छन भने उनीहरु १५ थप सिटमा अग्रतामा छन् ।

कांंग्रेस र भाजपाबीच कडा प्रतिस्पर्धा
मध्यप्रदेश विधानसभाको २ सय ३० सिटका लागि गत नोभेम्बर २८ मा भएको चुनावमा सत्तारुढ भाजपाले १५ सिटमा जितिसकेको र ९४ सिटमा अग्रता हासिल गरिरहेको छ । १२ सिटमा जित हासिल गरिसकेका कांग्रेसले आफनो स्थितिमा चमत्कारिक सुधार गर्दै १ सय सिटमा अग्रता लिइरहेको छ ।

जित र अग्रता हासिल गरेको सिट संख्या भाजपाको १ सय ९ रहेको छ भने कांग्रेसको १ सय १२ पुगेको छ । यसले मध्यप्रदेशमा तीन कार्यकाल सत्तामा रहेको भाजपाको अर्को सरकार बनाउने सपना समाप्त पार्ने संकेत दिएको छ । यस राज्यमा स्वतन्त्र तथा साना दलको हातमा ९ सिट रहेको छ ।

बहुमतको निकत रहेको अवस्थामा कांग्रेसले स्वतन्त्र उम्मेदवारबाट जितेका विधायकहरुलाई मिलाएर सरकार बनाउन सक्छ । नोभेम्बरमा भएको चुनावमा यस राज्यमा ७५ प्रतिशत मतदान भएको थियो ।

छत्तिशगढमा कांग्रेसलाई दुई तिहाइ
भाजपाका लागि महत्वपुर्ण मानिएको अर्को राज्य छत्तिसगढमा कांग्रेसले दुई तिहाई भन्दा धेरै सिट हासिल गर्ने स्थिति देखिएको छ । यस राज्यमा भाजपा १ सिटमा जित हासिल गरी मात्र १५ सिटमा अग्रता लिएकोछ । यहाँ काँग्रेसले ५ सिटमा जित हासिल गरिसकेको छ भने उसले ६१ सिटमा अग्रता लिइरहेको छ ।

स्वतन्त्र उम्मेदवार तथा अन्य साना दल ८ सिटमा अगाडी देखिएका छन् ।
छत्तिसगढ भाजपाको हारको जिम्मेवारी रमन सिंहले लिएका छन् । उनले विधानसभाको चुनावमा खराब प्रदर्शनपछि मुख्यमन्त्री पदबाट राजिनामा दिएका छन् । उनले पत्रकारहरुलाई भने– मैले आफनो राजिनामा छत्तिसगढका राज्यपाललाई सुम्पेको छु ।

मिजोरममा
भारत सुदुरपुर्वी राज्य मिजोरम विधानसभाको ४० सिटका लागि गत नोभेम्बरमा भएको चुनावमा एमएनएफले २६ सिटमा अग्रता हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ५ र भाजपाले १ सिटमा अग्रता हासिल गरेको छ । यस राज्यमा अन्य साना दल तथा स्वतन्त्र ८ सिटमा अग्रतामा रहेका छन् ।

विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले राजस्थानमा बहुमत हासिल गरेपछि जनता प्रतिबद्धता पुरा नगर्नेहरुसँग असन्तुष्ट रहेको बताए । प्रधानमन्त्री विपक्षीको दवाब झेल्न अक्षम भएको पनि उनले प्रतिक्रिया दिएका छन् । सन् २०१९ मा हुने लोकसभा चुनावमा प्रधानमन्त्रीलाई चुनाव जित्न धेरै गाह«ो हुने स्पष्ट भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्