वलात्कारी छुटेपछि पिडित महिला आक्रोसित



ह्युस्टन , (एजेन्सी)
अमेरिकाको टेक्सास स्थित एउटा अदालतबाट आफुलाई वलात्कार गर्ने एक व्यक्ति सजिलैसंग सफाइ पाएर निस्केको देखेपछि एकजना महिलाले न्याय प्रणालीले आफुलाई असफल पारेको प्रतिक्रिया दिएकी छिन् ।

दुई वर्ष अघि एउटा कम्पनीले आयोजना गरेको पार्टीमा आफु माथि यौन आक्रमण गरेको भन्दै ति नाम नखुलाइएका महिलाले २४ वर्षिय ज्याकोव वाल्टर एन्डर्सनमाथि अभियोग लगाएकी थिइन् ।

तर संजाय कम गर्न उनले दिएको निवेदनको आधारमा बेलोर विश्वविद्यालयका पुर्व विद्यार्थी स्न्डर्सनलाई तीन वर्ष लामो परिक्षण कालमा मात्र राख्न अदालतले आदेश दिएको हो ।

यस निर्णयको कारण निक ैआक्रोसित ति महिलाले अदालतमा न्यायधिश राल्फ स्ट्रोथरलाई भनेकी छिन् , ‘ म त वरवाद नै भएँ । उनले मेरो कौमार्य लुट्दै मेरो शरिरमाथि जथाभावी खेलवाद गरे । म अब उनको वलात्कारको पिडा मात्र होइन म्यालेनन काउन्टिको न्याय प्रणाली नै ध्वस्त भएके वास्तविकता बोकेर बाँच्न बाध्य भएकी छुँ । त्यति लामो समयदेखि मैले न्याय पाउन गरेको संघर्ष आखिर व्यर्थै खेर गएको छ । ’

उनले सन् २०१६ को फ्रेबुअरीमा एउटा पार्टीमा एन्डर्सनले पटक पटक वलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले एन्डर्सनले ंिड्रन्समा केहि चिज मिसाएर ख्वाएपछि आफुलाई अलि असजिलो महशुस भएको तथा खुल्ला हावामा ठीक हुन्छ भनी घर बाहिर लगरेर वलात्कार गरेको बताएकीछिन् । शुरुमा एन्डर्सन क्षतिपुर्ति वापत चार सय अमेरिकी डलर तिर्न राजी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्