थाइल्यान्डमा पार्टीहरुलाई चुनाव प्रचार अनुमति



बैकक,(एजेन्सी)
थाइल्यान्डको सैनिक सरकारले मंगलवार आगामी २४ फ्ब्रुअरीका लागि तय भएको लामो समय देखि प्रतिक्षित निर्वाचनका लागि राजनीतिक पार्टीहरुले स्वतन्त्र पुर्वक प्रचार प्रसार अभियान थाल्नसक्ने जनाएको छ ।

चारवर्ष अघि निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले राजनीतिक प्रचार प्रसारमा लागएको प्रतिवन्ध यो घोषणासंगै फुकुवा भएको छ । लामो समय देखि सेनाले आफु संधै थाइल्यान्डमा प्रजातन्त्र पुनस्र्थापना इच्छुक रहेको बताउँदै आएको छ ।

तर चुनावको तिथि भने पटक पटक सारिँदै आएको थियो । सन् २०१४ मा अत्यन्तै लोकप्रिय राजनीतिक पार्टी फ्यु थाइका नेतृ प्रधानमन्त्री यिंगलक सिनावात्राको सरकारलाई अपदस्थ गर्दै सेना सत्तामा पुगेको थियो । त्यतिवेला लामो समयसम्म चलेको विरोध प्रदर्शनले सडक हिंसाको रुप लिएपछि सेनाले राजनीतिक हस्तक्षेप गरेको थियो ।

त्यसपछि सेनाले नयाँ संविधान बनाएर चुनावी प्रणलीमा परिवर्तन ल्याएको थियो उक्त परिवर्तन्लाई सन् २०१७ मा सम्पन्न जनमत संग्रहले अनुमोेदित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्