मेसीले किने नयाँ विमान



लन्डन, (एजेन्सी)
बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले करिब १५ मिलियन डलरमा नयाँ विमान खरिद गरेका छन् ।

अर्जेन्टिनी मिडिया डोबेल अमारियालले मेसीको नयाँ निजी विमान शुक्रबार अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा आइपुगेको समाचार प्रकाशित गरेको थियो ।

अमेरिकाबाट खरिद गरिएको उक्त विमानको दर्ता अर्जेन्टिनामै हुने बताइएको छ । विमानमा १६ वटा विशेष खालका सिट रहेका छन् जसलाई फोल्ड गरी ८ वटा बेड समेत बनाउन मिल्ने सुविधा रहेको छ । यस्तै २ वटा बाथरुम (एउटामा सावर भएको) तथा दुइवटा किचन समेत रहेको समाचारमा उल्लेख छ ।

विमानको पुच्छरमा भने मेसीले बार्सिलोनाको फन्टमा १० नम्बर लेखेका छन् । जुन नम्बरको जर्सीमा उनले खेल्ने गर्छन् । भ¥याङमा आफ्नो नाम लियो सहित पत्नी एन्टोनियला र तीन छोराहरु थियागो, सिरो तथा माटियोको नाम लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्