उही लाइन हो ?



भारतीय सत्तारुढ दल भाजपालाई साढेसाती दशाले छपक्कै छोप्न थाल्या छ भन्ने चर्चा केहि महिनादेखि हुँदै आएको थियो । भारतीय विधानसभा निर्वाचनले यो कुरालाई घामझैं छलङ्ग पा¥या छ । मोदी नेतृत्वको सत्तारुढ दल भाजपाले ‘चुनावी नतिजा आफ्नै’ भनेर दावी गरेका केहि प्रदेशमा कंग्रेस लगायत अन्य दलले फड्को मारेपछि साढेसाती छाएको प्रष्ट भएको छ ।

अहिलेको चुनावी परिणाम नियाल्दा आगामी वर्ष हुने लोकसभा निर्वाचनमा मोदीलाई निकै ‘आछु आछु’ पर्ने बलियो संकेत पो देखियो त । त्यसैले सन् २०१९ मे महिनामा हुने लोकसभा निर्वाचन अघि नै ग्रहदशा टार्न सक्ने शक्ति कहाँ छ ? यता हाम्रा दल र नेतालाई ग्रहदशा लाग्दा उता दर्शन गर्न जाँदा धेरै समस्या समाधान हुन्छ भनिन्छ, अहिले मोदीलाई त्यस्तै दशाले छोप्या बेला फूमन्तर गर्न सक्ने को होला ?

राजनीतिक ग्रहदशाको भूमरीले कुन बेला छोप्ने हो टुङ्गै नहुने भन्या । सत्ता सम्हालेपछि निकै हाई–हाई कमाएका मोदीले, हाम्रा ओली पनि त्यस्तै चर्चामा आए, अहिले मोदीको हाल देख्दा कम्रेड ओलीको चाल पनि उस्तै हुन्छ भन्नेहरु सहर बजारमा निकै छाएको धरहराले देख्न थाल्या छ । त्यसो भयो भने ‘जसो जसो मोदी उसै उसै ओली’ भन्ने उखान त बन्ने होइन ।

प्रतिक्रिया दिनुहोस्