पुँजी बजारको विषय संसदमा प्रवेश



नेपाल समाचारपत्र, काठमाडौं
निरन्तर ओरालो लाग्दै आएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसँचक र नकारात्मक बन्दै गएको पुँजी बजारको विषयले संसदीय समितिमा समेत प्रवेश पाएको छ ।

दुई वर्षअघि १८ सय ८० को बिन्दँसम्म पुगेको पुँजी बजार अहिले ११ सय २० देखि १२ सयको बिन्दँमा अल्झिरहेको छ । बजार निरन्तर ओरालो लाग्न थालेपछि लगानीकर्ताले नेप्से कार्यालय घेर्नेदेखि अनसन बस्नेसम्मका काम गरिरहेका छन् ।े सोही विषयले संघीय संसदअन्तर्गतको अर्थ समितिमा समेत प्रवेश पाएको छ ।

समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री, गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका प्रमुख कार्यकारी अधिकृत, लगानीकर्ता संघसंस्थाका प्रतिनिधि, ब्रोकर कम्पनीका प्रतिनिधि र मर्चेन्ट बैंकका प्रतिनिधिलाई बोलाइएको थियो ।

समिति सभापति कृष्णप्रसाद दाहालले अहिले पुँजी बजारमा देखिएको समस्या के हो भन्दै एक–एक गरी सबैको जवाफ माग्नु भयो ।
बैठकमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारमा समस्या देखिनुको कारण सरकारले पुँजीबजारप्रति लिएको नीति रहेको बताउनुभयो ।

सरकारले पुँजी बजार अनुत्पादक क्षेत्र भएको र आफ्नो समस्या सुन्न नचाहेको धारणा राख्नुभएका पौडेलले सरकारले गलत निर्णय गरिरहेको पनि आरोप लगाउनुभयो । पुँजी बजार विस्तारमा मुख्य भँमिका खेल्ने ब्रोकर कम्पनीका प्रतिनिधिले पनि सरकारको नीतितर्फ औंला तेस्र्याए ।

नेपाल ब्रोकर्स एसोसियसनका अध्यक्ष भरत रानाभाटले मार्जिन ल्यान्डिङ र बोकर्स कम्पनीलाई पनि राष्ट्र बैंकले अनुगमन गरिरहेको प्रति असन्तुष्टि जनाउनुभयो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने बजार घटबढ हुने प्रक्रिया माग र आपँर्तिमा निर्भर हुने भएकाले त्यसमा आफ्नो कुनै दोष नरहेको बताउनुभयो ।

अनलाइन प्रणाली लागँ गर्न नसक्दा समस्या देखिएको भन्ने लगानीकर्ताको गुनासोप्रति साउदले नेपालको पुँजीबजारमा अनलाइन ट्रेडिङ प्रणालीलाई विश्वकै प्रतिस्पर्धी बनाइने बताउनुभयो । साउदले केही समयभित्रै डेरिभेटिभ मार्केट पनि नेपालमा शुरू गर्ने तयारी गरिरहेको बताउनुभयो ।

बैंकहरुले पुँजी बजारमा ठँलो रकम कर्जा प्रवाह गर्न नसकेको र कर्जामा ब्याजदर बढाएको परिपेक्ष्यमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजी बजारमा मार्जिन ल्यान्डिङको समस्या समयमै समाधान हुन नसक्नु र ब्रोकरहरुलाई समेत निगरानी गर्ने गरी राष्ट्र बैंकले लिएको नीति मुख्य समस्या रहेको बताउनुभयो । तर, बजार थपघट हुने प्रक्रिया भने अर्थशास्त्रको माग र आपँर्तिसँग सम्बन्धित सिद्धान्तबाटै चलेको उहाँको भनाइ छ ।

पुँजी बजारमा अहिले देखिएको समस्या, काठमाडौंमा मात्र केन्द्रित रहेको नेप्सेको दोस्रो बजार र मार्जिन ल्यान्डिङ कार्यान्वयन हुन नसक्नुमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले धितोपत्र बोर्ड र नेप्से नै जिम्मेवार रहेको बताउनुभयो ।

काठमाडौंमा सीमित व्यक्तिले मात्र ठँलो रकमको कारोबार गरिरहे पनि यसको बजार बिस्तार हुन नसक्नु समस्या रहेको गभर्नर नेपालको भनाइ छ ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार पुँजीबजारका विषयमा स्पष्ट रहेको र त्यस क्षेत्रमा पछिल्लो समय देखिएको समस्या समाधानका लागि मन्त्रालयले अनुसन्धान समितिसमेत गठन गरिएको बताउनुभयो ।

पुँजी बजारलाई ज्वरो आएको संज्ञा दिनुभएका अर्थमन्त्री खतिवडाले ज्वरो निको पार्ने बैद्य र ओखती दुवै खोज्न प्रयास गरिनुपर्ने पनि बताउनुभयो ।
लगानीकर्ता, नियामक निकाय र सरकारले आ–आफ्नै तरिकाले काम गर्न थालेपछि थलिएको पुँजीबजारका विषयमा ती निकायबीच अहिले देखिएको समस्यालाई पँर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘जोगी भैंसी देखेर र भैंसी जोगी देखेर तर्सिएका’े भन्दै कटाक्ष गर्नुभयो ।

कार्कीले भनेजस्तै अहिले पुँजीबजार साँच्चिकै थला परेको अवस्थामा छ । निश्चित संख्यामा रहेका लगानीकर्ताले मात्रै शेयरको दोस्रो बजार ओगटेर बसेका छन् । बैंक तथा वित्त क्षेत्रमा बेला–बेला देखिने तरलता अभाव र ब्याजदरका विषयले पनि बजार घट्नुमा ठँलै प्रभाव पार्ने गरेको छ ।
त्यतिमात्र होइन सरकारले पनि पुँजीबजार अनुत्पादक क्षेत्र भन्दै त्यस क्षेत्रमा लगानी बढाउन खासै चासो देखाएको देखिँदैन । जसको मँल्य भने साना बचतकर्ताले चुकाउनु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्