जनता बैंकले नगद लाभांश दिने



काठमाडौं, (नेस)
जनता बैंक नेपाल सञ्चालक समितिको २६७औं बैठकले आर्थिक वर्ष लाभांश वितरण गर्ने निर्णय गरेको छ । २०७४÷७५ मा बैंकले प्राप्त गरेको नाफा एक अर्ब २७ लाख ७९ हजार ५५१ रुपियाँको वितरणयोग्य नाफा ६८ करोड ६० लाख ६२ हजार ८०३ रुपियाँमध्येबाट असार मसान्तमा कायम रहेको बैंकको चुक्ता पुँजीको साढे ८ प्रतिशतले हुन आउने ६८ करोड ६६ हजार ८०३ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको उक्त लाभांश रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
चालँ आर्थिक वर्षको प्रथम त्रैमासमा बंैकले ३२ करोड नाफा गरेको छ भने हालसम्म बैंकको निक्षेप ६७ अर्ब र कर्जा लगानी ६२ अर्ब रुपियाँ रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्