पूर्व राजाले पोखरामा नयांबर्ष भब्य रुपमा मनाउने



ईश्वरराज ढकाल, काठमाडौ । अंग्रेजी नया वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।
त्यसको तयारीको लागि पूर्व राजपरिवार चढ्ने सवारी साधन र सुरक्षाकर्मी सहितको टोली १ गते पोखरा जाने भएका छन् ।

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डिएसपी पोखरा जाने कार्यक्रम तय भएको छ । करिब दुई साता अघि पूर्व राजाका निजी सचिव तिमल्सिना सहितको टोलीले त्यहाको सुरक्षा अवस्था बारे रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।

उहांहरु पोखराको निर्मल पोखरी स्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्ट होटलमा बस्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले सो होटलको करिब दुई दर्जन कोठा बुक गर्नुभएको छ । नयाँ वर्षमा पूर्व युवराज पारस , पूर्व राजाका वालसखा प्रभु शमसेर राणा लगाययतका आफन्त र तानागोता पोखरा जाने भएका छन् । २ गते पोखरा पुगेपछि ज्ञानेन्द्रले पश्चिमाञ्चलका केही धार्मिक भ्रमण गर्ने र सो होटलमा राजावादीसंग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

नया वर्ष मनाउन पुर्व युवराज्ञी हिमानी नातिनी, पुर्णिका, किर्तिका र नाती हृदयन्द्र पुस १० गते पोखरा जाने कार्यक्रम तय भएको छ । थाइल्याण्ड अध्ययन गरिरहेका नातिनी नया वर्ष मनाउन नेपाल आउन लागेका हुन । पुस १७ गते आफन्तसंग नया वर्ष मनाउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
त्यहा बस्दा पुर्व राजाले मुलकको पछिल्लो अवस्थाबारे केही राजावादीहरुसंग जानकारी लिने कार्यक्रम तय भएको छ ।

गत वर्ष पूर्वाञ्चलको झापा बसाईको क्रममा राजावादी निकट पाटी राप्रपा प्रजातान्त्रिक, राप्रपा नेपाल र एकिकृत राप्रपा राष्ट्रवादीका दोस्रो पुस्ताका नेतासंग भेट गरेर राप्रपामा एकिकरणकालागि भित्रबाट मुख्य भुमिका खोल्नुभएका पूर्व राजाले यो भ्रमणम पनि राप्रपाका केही नेतासंग भेटघाट गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

तर निर्मल निवास स्रोतका अनुसार यो भ्रमण नितान्त निजी भएको दावी गरेको छ । जनवरी २ तारिखसम्म होटल बुक गर्नुभएका पूर्व राजाले पोखराको विन्ध्यवासीनी, तालबराही, गुप्तेश्वर महादेव लगायतका मन्दीर दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

पोखरा मातृभुमी संरक्षण नेपालले राष्ट्रिय झण्डा सहित पूर्वराजालाई पोखरामा स्वागत गर्ने र होटलसम्म पु¥याउने कार्यक्रम तय भएको छ । मातृभुमी संरक्षण नेपालका अध्यक्ष राजन महर्जनले स्वागतको सम्पुर्ण तयारी पुरा भैसकेको जानकारी दिनुभयो । पोखरा भ्रमण सके लगत्तै झापा सहितका पूर्वाञ्चलका केही जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्