छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु



सुरुङ्गा ।
झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि सवार थिए । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई दमकको पश्चिम बस बिसौनी चोक सडकखण्डमा ठक्कर दिएको थियो । यस्तै ना ४ ख ३६८२ नम्बरको बसले मे २ प ३३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केरावारी गाउँपालिका–९ सिंहदेवीका ४८ वर्षीय देवीप्रसाद राईको मृत्यु भएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्