घुससहित पक्राउ परेका प्रहरी हवल्दारलाई भ्रष्टाचारको मुद्दा



काठमाडौं ।
एक लाख घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख बिगो जरिवाना र कैद सजाय माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा हजरामा विरुद्ध मुद्दा दायर गरेको हो ।

पानमसाला जन्य पदार्थको व्यवसाय सञ्चालन गर्न सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको सूचनाका आधारमा हेटौंडाबाट खटिएको अख्तियारको टोलीले उनलाई गत कार्तिक ३० गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्