सल्यानको कुमाख गाउँपालिकाले कृषि र पशु पालन गरे पुरस्कार दिने



सरिता चलाउने, सल्यान ।
सल्यानको कुमाख गाउँपालीकाले महिलाहरुलाई कृषि र पशुपालनको क्षेत्रमा आत्मानिर्भर बनाई त्यो काम गरे वापत पुरस्कार दिने भएको छ । जसको लागी गाउँपालीकाले पहल थालेको छ । धेरै महिलाहरु आर्थिक रुपले नै पछाडी परेकाले कृर्षि र पशुपालनमा आत्मानिर्भर बनाउने उदेश्यले गाउँपालीकाले यस बर्ष बिभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ ।

सिप क्षेमता नहुनुले धेरै महिलाहरु श्रीमानको भर पर्ने भएकाले यसलाई कम गर्न यसबर्ष गाउँपालीकाले कृर्षि र पशुपालनमा जोड दिने भएको गाउँपालीका अध्यक्ष दिलमाया बुढाले बताउनु भयो । महिलाहरुले कृर्षि र पशुपालनमा अग्रसर भएर काम गरेबाफत गाउँपालीकाले पुरस्कार उपलब्ध गराउने उहाँले बताउनु भयो ।

महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन नसकेको कारणले पनि महिला हिंसा बढेने गरेको उहाँको भनाई छ । पुरुषको कमाईमा आर्थिक गुजारा गर्दा महिलाहरु तल्लो स्थरमा परेको उहाँले बताउनु भयो. । उहाँले महिलाहरुलाई उत्पादन क्षेत्रमा सकृय भएर पुरुषहरुलाई पाल्न सक्ने आट गर्न आग्रह गर्नुभएको छ । उहाँले कुमाख गाउँपालिका भित्र उत्कृष्ट कृषी र पशुपालन गरेर आर्थिक उत्पादन गर्ने महिलालाई गाउँपालिकाले पुरस्कृत गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, महिलाहरुले आफुलाई कमजोर ठान्ने पुरानै सोचले महिलाको विकास हुन सकेको छैन, अब महिलाहरुले अर्काको भरमा होईन, आफ्नो भरमा बाच्नु पर्छ, जसको लागी पशुपालन तिर आत्मानिर्भर हुन जरुरी छ ।

जसको लागी गाउँपालीकाका प्रत्येक महिलाहरुलाई कृर्षि र पशुपालनमा आबद्ध गराउनको लागी ५० लाख रकम बिनियोजन गरेको अध्यक्ष बुढाले बताउनु भयो ।

महिलाहरुले पनि केही गर्न सक्छन भन्ने कुरा कुमाख गाउँपालीका बाट सुरुवात गरिसकेको उपाध्यक्ष डिल्लीराज जैसिले बताउनु भयो । उहाँले गाउँपालिकाले एउटा टिम बनाएर अगाडि बढ्ने बताउदै गाउँपालीकाका सबै वडाहरुमा सुधार समिती समेत गठन गरिसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो, महिलाहरुले अबसर पाए धेरै काम गर्न सक्छन, यो २१औ शताब्दीमा पुरानो सोचलाई परिबर्तन गर्नुपछ, । महिलालाई अगाडि ल्याउनको लागी कृर्षि र पशुपालन तर्फ अग्रसर बनाएर आर्थिक रुपमा विकास तर्फ उन्मुख बनाउने उपाध्यक्ष जैसिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्