गैरआवसीय नेपाली संघ जापानको वार्षिक साधारण सभा जनवरी ६ मा



राजबिन थापा, टोकियो ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद जापानले आफ्नो पहिलो वार्षिक साधारण सभा जनवरी ६ मा गर्ने भएको छ।
शुक्रवार संघको कार्यालयमा अध्यक्ष टाशी वाङ्दी लामाको अध्यक्षतामा बसेको बिशेष बैठकले २०१७(१९ कार्यसमितिको पहिलो वार्षिक साधारणसभाको जापानको राजधानी टोकियोको नाकानो जेरोमा गर्ने टुङो लगाएको हो ।

संघको आफ्नो बार्षिक कार्यतालीकामा अक्टोबर ६ तारिक साधारणसभा मिति तोकिएको भएपनी सोही समयमा गैर आवासीय नेपाली संघ आइसीसीको नेपालमा विधान सम्मेलन र बिज्ञ भेला पर्न गएका कारण कार्यक्रम जूध्न गएको र तत्कालीन अबस्थामा समय ब्यबस्थापनमा असहज भएकाले सूचना निकाली साधारणसभा १०१९ जनवरी ६ तारिकमा सारीएको जनाएको थियो ।

जापानमा हाल लगभग ८५ हजार नेपाली समुदाय र १०० को हाराहारीमा रहेका नेपाली संघ संस्थाहरुको अभिभावक संस्था एनआरएनए जापानका झन्नै १३ हजार साधारण सदस्य रहेका छन। संघले जापानमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको विभिन्न १३ ओटा प्रीफ़ेक्चरमा क्षेत्रीय कार्यसमिति बिस्तार गरीसकेको र आगामी दिनमा आवश्यक हेरेर अझै बिस्तार गरेर लैजाने गैर आवासीय नेपाली संघका जापानका अध्यक्ष लामाले बताउनू भयो।

बिशुद्ध नाफारहित, सेवामूलक गैर सरकारी संस्था एनआरएनए जापान ,सन २००४ बाट संस्थागत रूपमा जापानमा सुरु भएको हो। संघको जापान अभियान हाल सम्म आइपुग्दा गैर आवासीय नेपाली संघको ७८ देशमा विस्तारित रहेका एनआरएनए मध्य सबै भन्दा अव्वल साबित भएको छ ।

विभिन्न सामाजिक अभियानमासंग़ै ,बृहत नेपाल फ़ेस्टिवल आयोजना र नेपालीहरुको हकहितका लागी नेपाली राजदूताबास जापान संग सहकार्य ,जापानमा रहेका नेपाली श्रमिक र नेपाली विद्यार्थीहरुको हकहितमा सक्रियता ,नेपालमा महिला हिंसा विरुद्धको अभियान जस्ता कार्यमा सक्रिय रहदै आएको कार्यविवरण र जानकारी सहितको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत भावी कार्ययोजना समृद्ध नेपाल निर्माणमा जापानबाट आर्थिक ,बौद्धिक, प्रबिधी र शिप भित्राउने लगायत संघको विभिन्न अभियानको विषयमा छलफल हूने जनाएको छ ।

सो साधारणसभामा सबै जापानबासी नेपालीहरुको साथ सहयोग र सल्लासुझाव आवश्यक रहेको भन्दै उक्त दिन वार्षिक साधारणसभामा एनआरएनए जापानका सदस्यहरू ,अग्रज , बुद्धिजीवी , व्यवसायी ,विद्यार्थी र मजदुर लगायत सबै जापानबासी नेपाली दाजुभाई दीदी बहिनीहरूलाई वार्षिक साधारणसभामा उपस्थित हून गैरआवासीय नेपाली संघ जापानले अनुरोध गरेको कुरा संघका प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्