डि.ए.भी. विद्यालयमा ३ दिने अन्नदान कार्यक्रम सञ्चालन



ललितपुर ।
ललितपुरस्थित डिएभी. शुशील केडिया विश्व भारति विद्यालयको मदर टेरेसा सोसल सर्भिस क्लबसम्बद्ध विद्यार्थीहरुले ३ दिने अन्नदान कार्यक्रम आइतबार एक समारोहबिच उद्घाटन गरेका छन् ।

संसारका हरेक बालबालिकाहरु स्वस्थ, सुरक्षीत र खुशी रहन पाउनुपर्ने उद्देश्य र चेतना सहित अन्नदान कार्यक्रम संचालन गरिएको हो । उद्घाटन समारोहमा क्लबसम्बद्ध विद्यार्थीहरुले नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा बालबालिकाहरुको कहालिलाग्दो भोकमरी र गरिबिको फोटो भिडिया,े तथ्याङ्कसहित प्रर्दशन गरेका थिए ।

बिभिन्न संघसस्थासंग आबद्ध समाजसेविहरुले विद्यार्थीहरुद्वारा आयोजित गरिबि र भोकमरीको चपेटामा परेका बालबालिकाहरूको सहयोगार्थ गरिएको यस कार्यक्रम निकै प्रंससनिय र मानवकल्याणको लागि उदाहरणिय रहेको उल्लेख गरेका छन् । औपचारिक कार्यक्रमको समापनसंगै विद्यार्थी, शिक्षक र कर्मचारीहरु विद्यालयको खेलमैदानमा आ–आफ्नो घरबाट ल्याइएको विभिन्न खाद्य सामग्री बोकि अन्नदान स्थलमा सहभागि भएका थिए ।

क्लबका अनुसार संकलित खाद्य सामाग्री मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर, मेरी वार्ड लुभु, ललितपुर, होराक नेपाल, पाटन ललितपुर, रोटरी क्लब अफ पशुपति, काठमाडौं, रेजिना एमिरोस स्कुल, धोबिघाट ललितपुर नवज्योति सेन्टर बालुवाटार, काठमाडौँ, किठ्शा नेपाल काठमाडौ र एन. आर. एन मधु काठमाडौंलाई हस्तान्तरण गरिने छ ।

यस अघि क्लबले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई अन्नदान कार्यक्रममा सहभागि हुन अनुरोध गरेको थियो र सोहि समयमा, स्वच्छ चामल, दाल, पिठो, सुजि, तेल, चिनी, बिस्कुट, कुकिज, चाउचाउ, चिउरा, चना, राज्मा लगायत बिभिन्न प्रकारका खाद्यान्नहरु अन्नदान गर्न सकिने जानकारी गराएको थियो ।

डि.ए.भि. विद्यालयले, विद्यार्थीहरुमा सामाजिक मुल्य र मान्यताको यर्थाथ चित्रण र सोहि अनुसारको आचरण विकास गर्ने हेतुले स्कुलको स्थापना भएसगै मदर टेरेसा सोसल सर्भिस क्लब मार्फत विद्यार्थीहरु विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आएका छन् । यस अघि क्लबले जाडोयाममा विपन्न समुदायको सहयोगार्थ न्याना कपडाहरु वितरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्