हिरा ब्यापारीको हत्या आरोपमा ‘गोपी बहु’ पक्राउ



काठमाडौं । भारतीय चर्चित सिरियलकी एक पात्र ‘गोपी बहु’ अर्थात देवोलीना भट्टाचार्य एक हिराब्यापारीको आरोपमा पक्राउ परेकी छन् । २८ डिसेम्बरमा अपहरणमा परेका ५७ वर्षीय राजेश्वर किशोर उदानी नाम गरेका हिरा ब्यापारीको सातदिन पछि पनवेलको जंगलमा शव भेटिएको थियो ।

प्रहरीले अनुसन्धान गर्दा ‘गोपी बहु’ अर्थात देवोलीना भट्टाचार्यको पनि मृतक राजेश्वरसँग लामो समय टेलिफोन वार्ता भएको पुष्टि भएपछि देवोलिनासँग प्रहरीले सोधपुछ गरेको हो । अहिले प्रहरीले देवोलिना र हिरा ब्यापारीको सम्बन्धको बारेमा सोधपुछ गरिरहेको छ । मर्नुभन्दा अघि राजेश्वरले देवोलिनसँग कुरा गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले जनाएको छ ।

राजेश्वरको हत्याको बारेमा देवोलिनासँग २० घण्टा भन्दा लामो समय सोधपुछ गरिएको थियो । प्रहरीले ‘गोपी बहु’को साथमा महाराष्ट्र राज्यका मन्त्री प्रकाश मेहताको पूर्व सचिव तथा नेता सचिन पवार र मुम्बई पुलिसको एक सिपाहीलाई समेत पक्राउ गरेको छ । हाई प्रोफाइल मानिसहरुको सम्बन्धको कारण पनि यो घटना जटिल बन्दै गईरहेको छ ।

को हुन् ‘गोपी बहु’ अर्थात देवोलिना भट्टाचार्य ?
आसामकी देवोलिना चर्चित भारतीय टिभी सिरियल ‘साथ निभाना साथिया’मा ‘गोपी बहु’को भुमिका निभाउँछिन् । यसको साथमा उनले ‘संवारे सबके सपने प्रीतो’ मा पनि काम गरिसकेकी छन् । २८ वर्षीया देवोलिनाले आफ्नो टिभी करिअरको सुरुवात २०११ को ‘डान्स इन्डिया डान्स सिजन २’ बाट गरेकी थिइन् । त्यसपछि उनले सिरियलमा काम गर्न थालेकी हुन् । पछिल्लो सात वर्षमा देवोलिना सबैले रुचाउने ‘बुहारी’को रुपमा आफ्नो छाप छोड्न सफल भएकी छन् । सिरियलमा गरेको अभिनयको कारण देवोलिनाले अवार्ड समेत हात पारेकी छन् ।

प्रतिक्रिया दिनुहोस्