विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि



काठमाडौं । जनकपुरधाममा आयोजना भएको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ । भोलि छैठौं दिन राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ।

भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा हुनुहुन्छ । हिजो सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात भार लिएर राम मन्दिरमा लगिएको थियो।

तिलकोत्सव भनेको विहेका लागि गरिने टीका टालो हो । तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो । विगत भन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइँदैछ।

विवाह पञ्चमीमा सहभागि हुन भोलि विहारका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै हुनुहुन्छ । सोही अवसरमा प्रदेश २ मा आज र भोली सार्वजनिक बिदा दिइएको छ । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान गरेसँगै सरकारले त्यहाँका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्