फ्रान्सको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न ट्रम्पलाई अाग्रह



पेरिस (एजेन्सी)
फ्रान्स सरकारले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको देशको राजनितिमा हस्तक्षेप नदिन अनुरोध गरेका छ । अमेरिकी राष्टपतिले फ्रान्समा भइरहेको प्रदर्शनलाई लिएर ट्विटरमा टिप्पणी गरेका थिए र पेरिस जलवायु सम्झौतालाई निसाना बनाएका थिए । उक्त टिप्पणीको जवाफमा फ्रान्सका तर्फबाट उक्त प्रतिक्रिया आएको हो ।

फ्रान्सका विदेश मन्त्री जीन येब्स ली ड्रायनले एलसीआई टेलिभिजनसँगको साक्षात्कारमा भने– हामी अमेरिकाको आन्तरिक राजनितिमा हस्तक्षेप गर्दैनौं र आफ्नो देशका लागि पनि त्यस्तै अपेक्षा गर्छौं ।
उनले भने, ‘म डोनाल्ड ट्रम्पलाई हाम्रो देशमा हस्तक्षेप नगर्न भन्न चाहन्छु, फ्रान्सेली राष्ट्रपतिले पनि यही भनिरहेको छ ।

ट्रम्पले फ्रान्समा सरकार विरोधी प्रदर्शनको उल्लेख गर्दै शनिबार दुई ट्विट गरेका थिए । उनले भनेका थिए– पेरिसमा अत्यन्तै दुखद दिन र रात छाइरहेको छ । सायद यो फुजुल तथा अत्यधिक खर्चिलो पेरिस सम्झौतालाई अन्त्य गर्न वा कम गरी नागकिको खल्तीमा पैसा फिर्ता गर्ने समय हो ।
यसअघि ट्रम्पले पेरिस सम्झौताले पेरिसका लागि सही काम नगरेको र पुरै फ्रान्समा प्रदर्शन र दंगा भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्