अम्वानी पुत्रीको विवाहमा वियोन्सको गीत



नयाँदिल्ली,(एजेन्सी)
अमेरिकी प्रख्यात गायिका वेयोन्सले एक धनाढय भारतिय परिवारको वैवाहिक कार्यक्रमको एक हिस्साको रुपमा आयोजित समारोहमा गीत प्रस्तुत गरेकीछिन् । भारतका सबैभन्दा धनी मुकेश अम्वानीकी पुत्री इशा अम्वानीको यसैसाता अर्का अर्वपति भारतिय व्यापारीका पुत्र आनन्द पिरालसंग विवाह हुन लागेको छ ।

यस भव्य विवाह कार्यक्रममा भाग लिन अमेरिकी पुर्व प्रथम महिला हिलारी क्लिन्टन र अन्य चर्चित हलिवुड कलाकारहरु लगायत वियोन्स भारत आइपुगेकी हुन् ।

पछिल्ला समयमा भारतमा विवाह प्रतिस्पर्धा र तडक भडक देखाई सबैको ध्यानाकर्षण गर्ने विषय बन्दै गइरहेको छ । अम्वानी परिवार आफैं हालसालै वलिवुड कलाकार दिपिका पादुकोने र रणविर सिंहबिचको विवाह भोजमा सामेल भएको थियो ।

गत सप्ताहान्त मात्र इशा अम्वानीले अमेरिकी गायक निकै जोनाससंग विवाह गरेकी अर्की वलिवुड अभिनेत्री प्रियन्का चोपडाकी विशेष सहेलीको भुमिका निभाएकी थिइन् । इशाको विवाह बुधवार सम्पन्न हुँदैछ । तर सोही विवाहको उपलक्षमा अन्य थुुपै्र भव्य कार्यक्रमहरु पनि तय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्