चीनद्वारा मेँगको रिहाईका लागि क्यानाडालाई कडा चेतावनी



वेइजिङ (एजेन्सी)
चीनको हुवावे कम्पनीका वरिष्ठ कार्यकारी अधिकारीलाई क्यानाडामा हिरासतमा लिएकोमा विरोध जनाउँदै बेइजिङमा अमेरिकी राजदुतलाई त्यसको जानकारी दिएको छ । चीन सरकारले क्यानाडालाई कम्पनीका प्रमुख वित्तिय अधिकारी मेंग वांझाउलाई तत्काल रिहा गर्न आग्रह गर्दै अन्यथा त्यसको परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ ।

चिनियाँ उप विदेशमन्त्री ली युचेंगले हुवावेको मेँगलाई हिरासतमा लिएको विरोधमा राजदुत टेरी ब्रेनस्टेड समक्ष गम्भिर विरोध गरेका छन् । मेँगमाथि इरान विरुद्ध अमेरिकी प्रतिबन्धको उलंघन गरेको आशंका गरिएको छ । उनलाई गत डिसेम्बर १ मा क्यानाडाको भ्यानकुवरबाट यात्राका लागि अर्को विमानमा गइरहँदा प्रक्राउ गरिएको थियो ।

लीले मेँगको गिरप्mताराी ‘अत्यन्त खराब ‘बताएका छन् र अमेरिकासँग उनको गिरप्mतारी आदेश फिर्ता लिन मांग गरेको छ । लीलाई उदृत गर्दै ‘अमेरिका आफनो गल्ती सधार गरुन ‘ र अमेरिकाको जवाफका आधारमा चीनले भावी कदम उठाउने समाचारमा उल्लेख गरिउको छ । यसअघि मेँगको गिराप्तारीलाई लिएर शनिबार क्यानाडाका राजदुत जोन म्याक्कुलमलाई बोलाएर त्यसको विरोध गर्दे उनलाई रिहा नगरेमा त्यसका दुष्परिणाम भोग्नु पर्नेे चेतावनी दिइएको थियो ।

क्यानाडाको ब्रिटिस कोलम्बिाया प्रान्तको सरकारले आइतबार जारी गरेको बयानमा मेँगको गिरप्mतारीका कारण उसले चीनमा हुन गइरहेका ब्यापार अभियान रद्द गरेको जानकारी दिए । चीनले बदलामा क्यानाडाली नागरिकहरुलाई हिरासतमा लिन सकने आसंकाका कारण उक्त घोषणा गरिएको बताइएको छ ।

हुवावे फोन तथा इन्टनेट कम्पनीहरुको अन्तराष्ट्रिय आपुर्तिकर्ता हो । चीन सरकारसँग उसको सम्बन्धलाई लिएर उक्त कम्पन्नी अमेरिकाको निसाना परेको जनाइएको छ ।अमेरिकाले युरोपेली देश तथा अन्य सहयोगीहरुमाथि हुवावेको प्रविधिमा निगरानी राख्ने तथा सुचना चोरी हुने खतरा भएकोले त्यसको प्रयोग सिमित गर्न दबाव दिँदै आइरहेको छ ।

हुवावेले हङकङको एक फर्जी कम्पनीको प्रयोग गरी उसको प्रतिबन्धको उलंघन गरि इरानमा उपकरण बचेको अमेरिकाको आरोपछ । मेँग हुवावेका सस्थापककी छोरी हुन् ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोका पुर्व विदेश निति सल्लाहकार रोलानड पेरिसले क्यानाडाली सरकारमाथि चीनको दबावको कुनै असर नहुने बताए । मेँगको गिरफ्तारीका लागि अगस्ट २२ मा न्युयोर्कमा एक वारेन्ट जारी भइसकेको क्यानाडाली अभियोजक जोन गिब कार्सलीले शुक्रबार अदालतको सुनुवाईमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्