सहयोग जारी राख्ने



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार उनको देश जम्मु काश्मिरका नागरिकलाई कुटनितिक, राजनितिक तथा नैतिक सहयोग दिन जारी राख्ने बताएका छन् । मानवअधिकार दिवसका अवसरमा दिएको आफनो सन्देशमा इमरानले उक्त कुराको उल्लेख गरेको छ ।

यो दिवस हरेक बर्ष डिसेम्बर १० मा मनाइन्छ । ७० बर्ष पहिला मानव अधिकारको सार्वभौमिक घोषणा भएको यो दिनलाई मानव अधिकार दिवसका रुपमा स्विकार गरिएको थियो । जम्मु काश्मिरका नागरिकको न्यायोचित संघर्षमा पाकिस्तान आफनो पुर्ण कुटनितिक, राजनितिक तथा नैतिक समर्थनको पुन पुष्टी गर्न चाहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्