भारतको केन्दि«य बैंकका गवर्नरद्वारा राजिनामा



नयाँदिल्ली,(एजेन्सी)
भारतको केन्दि«य बैंकका गवर्नर उर्जित पटेलले व्यक्तिगत कारणहरु देखाउँदै सोमवार पदबाट राजिनामा दिएका छन् । रिजर्भ बैंक अफ इन्डिया ( आरबिआइ ) र भारतिय प्रधानमन्त्री नरेन्द« मोदी सरकारबिच बढेको दुरीको कारण उनले राजिनामा दिएको खवरहरु बाहिर आएका छन् ।

कुनै पनि कार्यरत गवर्नरले यसरी पाँच वर्षिय कार्यकालको बिचैमा काम छाडेको योे विरलै घटना मानिएको छ । पत्रकारहरुले यस घटनाको कारण अर्थतन्त्रको आत्मविश्वासमा चोट पु¥याउने तथा यसबाट भारतिय मुद«ाको मुल्य घट्न सक्ने जनाएका छन् ।

एउटा विज्ञप्ति मार्फत पटेलले कर्मचारी तथा अधिकारीहरुलाई धन्यावाद दिँदै तिनीहरुकै कारण पछिल्ला केहि वर्षमा बैंकले लोभलाग्दो सफलता हासिल गरेको उललेख गरेका छन् ।

तर सरकारको रवैयाको कारण पटेलले राजिनामा दिनसक्े अनुमान हप्तौं अघि देखि अनुमान गरिँद ैआएको थियो । गत अक्टोवरको उत्तररार्धमा आरविआइका उप गवर्नर विराल आचार्यलाइ वर्खास्त गरिँदा वैंकको स्वाधिनता माथि नै आँच पुगेको अर्थ विशलेषकहरुले प्रतिक्रिया दिएका थिए ।

त्यतिवेला आचार्यले भनेका थिए , ‘ केन्दि«य बैंको स्वायत्ततालाई सम्मान नगर्ने सरकारले अन्तत अर्थतन्त्रमा आगो लगाउँदै वित्त बजारलाई ठूलो चोट पार्नेछ । सरकारले महत्वपुर्ण नियमक निकायलाई हेप्ने काम गरिरहेको छ । ’

तर वास्तवमा सरकारले आरबिआइलाई ठूला ठूला उद्योगहरुलाई खराव कर्जा प्रवाह गरी डुबेका सरकारी बैंकहरुलाई साना उद्योग व्यवसायीहरुलाई पुन ऋण दिन शुरु गराउन तथा अर्थतन्त्रलाई आवश्यक तरलता तयार गर्न व्याजदर घटाउन लगाउन चाहेको बताइएको छ । प्रधानमन्त्री मोदी र अर्थमन्त्री अरुण जेट्लीले छुट्टा छुटै विज्ञप्ति प्रकासित गर्दै पटेलको कार्यक्षमताको प्रशंसा गरेका छन् । यता आरबिआइका पुर्व गवर्नर रघुराम राजनले पटेलको राजिनामालाई विरोधको रुपमा हेरिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्