श्रंखलावद्ध हत्यारालाई दोश्रो आजीवन कारावास



मस्को,(एजेन्सी)
आधुनिक समयमा रसियाको सबैभन्दा कुख्यात आम नरसंहारकको रुपमा चिनिने एकजना साइवेरियाली प्रहरीलाई दोश्रो पटक आजिवन कारवास संजाय सुनाइएको न्यायिक सुत्रले सोमवार जनाएको छ ।

५३ वर्षिय मिखायल पोपकोभले सन् १९९२ देखि २००७ बिच ५५ जना महिला र इर्कुत्स्कमा एकजना प्रहरीको हत्या गरेको अभियोग सिद्ध भएको थियो । उनी अन्य २२ जना व्यक्तिको हत्या गरेवापत यस अघि नै कारागार संजाय भोग्दै आएका थिए ।

राति अवेर आफ्नो कारमा लिफ्ट दिएर उनले मानिसहरुको हत्या गर्ने गरेका थिए । उनले आफ्ना शिकार मध्ये दस जना महिला माथि वलात्कार समेत गरेका थिए । सन् २०१२ मा उनको कारमा भेटिएको डिएनए म्याच भएपछि उनलाई प्रहरीले गिरफतार गरेको थियो ।

एकजना पूरुष प्रहरी बाहेक उनले हत्या गरेकामा बाँकी सम्पुर्ण १६ देखि ४० वर्ष उमेरका महिला रहेका छन् । अनुसन्धानको क्रममा तीनवटा हत्या काण्डमा उनी आफ्नै प्रहरी कारमा ड्युटीमा रहेका थिए ।

पोपकोभले इर्कुत्स्क नजिकको आन्गास्र्क शहर वरपर तिनीहरुलाई बन्चरो र मुँग्रो प्रहार गरेर हत्या गरेका थिए । उनले तिनीहरुका अंगभंग गरिएका शवहरु जंगलहरु , सडक छेउ र स्थानिय चिहानमा लगेर गाड्ने गरेका थिए ।

उनले अदालतमा वयान दिने क्रममा आन्गास्र्कबाट चरित्रहिन महिलाहरुको पुर्ण रुपमा सफाया गर्ने उद्देश्यले श्रंखलावद्ध हत्या गरेको स्विकारेका थिए । यसअघि सम्म अर्का श्रंखलावद्ध हत्यारा अलेक्जान्दर पिचुस्किनले ४८ जना व्यत्तिको हत्या गरी कुख्याती कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्