नोकरीमा बाधक बन्यो सुन्दरता !



जर्मन । हरेक महिला आफूलाई सुन्दर देखाउन चाहन्छन्, तर जर्मनीकी एक महिला प्रहरीलाई आफ्नो सुन्दरता जागिरका लागि बाधक बनेको छ । किनभने मानिसले सामाजिक सञ्जालमा उनको फोटो देखेपछि जानीजानी कानुन तोड्ने गरेका छन् । यी सुन्दर महिला प्रहरीको हातबाट पक्राउ पर्न मानिसले कानुन तोडने गरेका छन् ।

जर्मनीकी प्रहरी एड्रिसन कोलेसजरको सुगठित शरीर र सुन्दरताका कारण सामाजिक सञ्जालमा लाखौँ फलोअर्स छन् । इस्टाग्राममा उनको फोटो धेरै मन पराइन्छ, यहाँसम्मकी मानिस उनको नजिक आएर भन्छन् ‘मलाई गिरफ्तार गर ।’

एड्रियन सधैँ आफ्नो फिट बडी र वर्कआउटको फोटो इस्टाग्राममा अपलोड गरिरहेकी छन् । करिब दुई वर्ष पहिले यसैकारण उनी चर्चाको शिखरमा आएकी थिइन् । त्यतिवेला उनले भनेकी थिइन् ‘मेरो हाकिमलाई यी सबै कुराले कुनै समस्या पारेको छैन ।’

तर, यो वर्षको सुरुआतमा नै उनलाई ६ महिनाको बेतलवी विदा बस्न लगाइएको छ । किनभने अर्को पटक उनी एकमोडलका रूपमा होइन उक प्रहरीका रूपमा आऊन भन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्