आफिजको गोलमा मनाङलाई राहत



नेपाल समाचारपत्र, काठमाडौं
मनाङ मस्र्याङदी क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगमा बेग्लै कीर्तिमान रचेको छ । मनाङले सातौं चरणको खेल पनि जितेर जारी लिगमा शत प्रतिशत नतिजा आत्मसात ग¥यो । सोमबार भएको खेलमा मनाङले मच्छिन्द्र क्लबलाई १–० गोलअन्तरले हराएको हो । लगातार सातौं जितपछि डिफेन्डिङ च्याम्पियनको २१ अंक भएको छ । टोलीको जितमा निर्णायक गोल ओलावाले आफिजले गरेका थिए ।

खेल बराबरीतिर अग्रसर भइरहेको स्थितिमा आफिजले मनाङलाई राहत दिएका थिए । उनले ८५औं मिनेटमा भिक्टोरको क्रसमा गोल गरेका थिए । यसअघि ७०औं मिनेटमा प्राप्त पेनाल्टीमा अन्जन विष्टको प्रहारलाई मच्छिन्द्रका गोलकिपर दीप कार्कीले रोकेका थिए । पहिलो हाफमा पनि अन्जनको दुई प्रहारलाई दीपले रोकेर मच्छिन्द्रलाई गोल आत्मसात गर्नबाट जोगाएका थिए ।

अंकतालिकामा मनाङपछि थ्रीस्टार क्लब र संकटा क्लबले १८÷१८ अंक जोडेर उपाधि दावेदारीमा चुनौती दिइरहेका छन् । यस्तै हिजै भएको खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएर उपाधि दावेदारीलाई जिवित राखेको छ । आर्मीको ७ खेलपछि १७ अंक छ । आर्मीको जितमा टंक बस्नेतले निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्