हुन्डाई गाडीको खरिदकर्तालाई स्वास्थ्य बीमा योजना



काठमाडाैं, (नेस)
नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई परिवार अन्तर्गत हुण्डाई क्यर योजना ल्याएको छ, जसमा हरेक नयाँ हुन्डाई गाडीको खरिदमा एक वर्षको स्वास्थ्य बीमा प्रदान गरिनेछ् ।

आफ्नो ग्राहकनजिक र आत्मियताको सम्बन्ध बनाउनको निम्ति हुन्डाई मोटर्सले हुन्डाई परिवार योजना सञ्चालन गर्दै आइरहेको छ । नयाँ ग्राहकले प्रत्येक हुन्डाई गाडीको खरिदमा नजिकको परिवारको लागि १० लाख रुपियाँसम्मको बीमा योजना प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्