मोडर्न होम बिल्डर्स खुल्यो



काठमाडौं, (नेस)
निजी निवास बनाउनेहरुका लागि लक्षित गरी मोडर्न होम बिल्डर्स प्रालि खुलेको छ । चाबहिलमा कार्यालय रहेको कम्पनीले आवासीय घरहरु निर्माण गर्नुका साथै पुरानो घर सबलीकरण गर्ने, घरको फिनिसिङ गर्ने तथा परामर्श दिने कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरको निर्माण सामग्री, दक्ष इन्जिनियर र कामदार ले निर्माण कार्य गर्ने हँुदा कम्पनीले निर्माण गरेका घर गुणस्तरीय हुने कुरामा ढुक्क हुने कम्पनीका प्रबन्ध निर्देशक देवराज लामाको दाबी छ ।
मोर्डन होम बिल्डर्सको आफँले निर्माण गरेका घर उच्च गुणस्तर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नु पनि रहेको उहाँले बताउनुभयो ।

चलनचल्तीमा रहेको काम गर्ने तरिकालाई समेत परिमार्जन गरी स–साना कुराको सुक्ष्म अध्ययन गरी संरचना निर्माण गर्ने र सो क्रममा कोही कसैले बाधा अवरोध नहुने गरी काम गर्ने प्रतिबद्धतासमेत कम्पनीले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्