‘सानिमा जीवन श्री’ बीमा योजना



काठमाडौं, (नेस)
सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना ल्याएको छ। कम्पनीकोे पहिलो वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘सानिमा जीवन श्री’ योजना ल्याएको हो।

बीमामा १६ वर्षदेखि ६० वर्ष उमेर समँहले सहभागिता जनाउन सक्ने योजनामन न्यँनतम पाँच लाख रुपियाँमा जीवन बीमा गर्न सकिने तथा प्रतिहजार बिमांकमा ७० रुपियाँ बोनस सुनिश्चित रहेको छ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्बका साथै चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ। कम्पनीको कुल बीमा लेख संख्या ७ हजार ३३२ पुगेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्