अनसनकारी लगानीकर्ताको माग थपियो



काठमाडौं, (नेस)
पुँजी बजार सुधारको माग राख्दै रिले अनसनमा बसेका शेयर लगानीकर्ताले सोमबार पुनः माग थपेका छन् । विभिन्न १० सुत्रीय माग राखेर अनसनमा उनीहरुले नेप्सेको पुनर्संरचना गरी सरकार र राष्ट्र बैंकको हिस्सालाई एकैपटक विनिमेस गर्नुपर्ने, नेप्सेको ५१ प्रतिशत शेयर विदेशी रणनीतिक साझेदार, २० प्रतिशत सर्वसाधारण र बाँकी शेयर कर्मचारी र शेयर दलाललाई दिनुपर्ने र बीमा कम्पनीको लाइसेन्समा भएको घोटालालाई छनविन गरी पुँजी पु¥याउन नसक्ने बीमा कम्पनीलाई मर्ज गर्नुपर्ने माग पनि थप गरेका छन् ।

आइतबारदेखि रिले अनशन शुरू गरेका लगानीकर्ताको मागलाई सम्बोधन गर्र्न अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले अग्रसरता देखाएको भए पनि लगानीकर्ताले अनसनलाई निरन्तरता दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्