समाचारपत्रकर्मी नेपालसहित ५ पुरस्कृत



सिन्धुपाल्चोक (नेस)। नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता नानीराम नेपालसहित जिल्लाका पाँच पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको २५औं वार्षिक साधारणसभाका अवसरमा सोमबार समाचारपत्रकर्मी नेपालसहित पाँच पत्रकारलाई नगदसहित पुरस्कार र एक लाई सम्मान समेत गरिएको छ ।

महासंघ जिल्ला शाखाले स्थापना गरेको जुगल नवोदित पत्रकारीता पुरस्कार बाट समाचारपत्रकर्मी नेपाल पुरस्कृत भएका हुन् ।

जिल्लमा शशक्त रुपमा पत्रकारीतामा क्रियशिल रहेको भन्दै नेपाललाई जुगल नवोदित पत्रकारीता पुरस्कार प्रदान गरिएको हो । महासंघले स्थापना गरेको रामप्रसाद घिमिरे स्मृति पत्रकारी पुरस्कारबाट न्युज २४ टेलिभिजनका प्रमोद न्यौपाने पुरस्कृत भएका छन् ।

कञ्चन ज्ञानेन्द्र स्मृति पत्रकारी पुरस्कारबाट अन्नपुर्ण पोष्टका संवाददाता युवराज पुरी पुरस्कृत भएका छन् । त्यस्तै दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारीता पुरस्कारबाट नयाँपत्रिका दैनिकका जिल्ल संवाददाता रामकृष्ण थापा पुरस्कृत भएका छन् । पवित्रादेवी रेडियो पत्रकारीता पुस्कारबाट रेडियो सिन्धुकी चन्द्रकला खत्री पुरस्कृत भईन् । साधारणसभाका अवसरमा सिन्धु पत्रकारीता सम्मानबाट कान्तिपुर दैनिकका उपसम्पादन तथा अग्रज पत्रकार ऋषिराम पौडल सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्