पुँजी बजारमा सुधारको संकेत



नेपाल समाचारपत्र, काठमाडौं
पुँजी बजारका लगानीकर्ताहरूले आईडी र पासवर्ड प्राप्त गरेसँगै धितोपत्र बजारमा सुधारको संकेत देखिएको छ । यसैक्रममा सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ४९ अंकले बढेर ११४४ दशमलव १९ अंकमा पुगेको छ । कुल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएका उपसमँहमध्ये दुई उपसमूहबाहेक बाँकी उपसमूह बढेका छन् । सोमबार उत्पादन उपसमँह २ दशमलव ५१ र अन्य उपसमँह २ दशमलव ७९ अंकले घटेको छ ।

त्यस्तै बैंकिङ उपसमँह १३ दशमलव ४३, होटल उपसमँह २३ दशमलव ८७, विकास बैंक उपसमँह् १८ दशमलव ८, जलविद्युत् उपसमँह ५ दशमलव १, वित्त उपसमूह ४ दशमलव ४, निर्जीवन बीमा उपसमँह ७२ दशमलव शँन्य ५, लघुवित्त उपसमँह १८ दशमलव शँन्य ८ र जीवन बीमा समँह ९८ दशमलव ६९ अंकले बढेको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । बैंकले ४० प्रतिशत लाभांश दिने घोषणा गरेसँगै लगानीकर्ता यस झुम्मिदा ५ करोड ४८ लाख ७ हजार रुपियाँबराबरको शेयर कारोबार भएको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि २ दशमलव ८ अंकले वृद्धि भई २४३ दशमलव ८१ अंकमा पुगेको छ ।
सोमबार रैराङ हाइड्रोपावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता कमाउनेमा अगाडि छन् । समग्र परिसूचक बढे पनि महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी इक्विटी फण्ड, हिमालयन डिस्टिलरी, नागबेली लघुवित्त विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्