गाउँमा किशोरी आमाको संख्या बढदो



kmf]6f] SofK;g :jf:Yo s]Gb|df aRrf r]shf“r u/fpg cfPsL d’u’sf] vdfn] ufp“sL lszf]/L cfdfx? t:jL/ M /fhaxfb’/ zfxL

बीरबहादुर बम, मुगु
खत्याड गाउ“पालिका लमेरा गाउ“की १६ बर्षिया कल्पना बुढा कलिलो उमेरमै आमा बनेकी छन । आमा बुवाको काखमा रमाउने र कापी किताव च्यापेर बिद्यालय जाने उमेरमा बैबाहीक बन्दनमा बा“धिएर बच्चा स्याहारदै छिन । उनको काखमा १० महिनाको छोरा छ बिहेगरेको एकबर्षमै छोरा जन्माएर आमा भएकी छन ।

अघिल्लो सालको एसइई परिक्षामा २ बिषयमा फेल भए, यो बर्ष घरको काम र सानो छोरो हुदा परीक्षा दिन पाइन बुढाले भनिन्, दुःखत लाग्छ पाढाई छुट्यो केही थाहा नभएर बिहे गरियो बच्चा जन्मियोकल्पनाजस्तै अर्की उक्त गाउ“की २० बर्षिय इन्दीरा बुढाले पनि ६ बर्ष अगाडी भागेर बिहे गरेर तीन बर्षकी छोरी र ९ महिनाको छोरो जन्माएर दुई सन्तानकी आमा भएकी छन । १३ बर्षको कलिलो उम्मेरमा भागेर बिहे गरे जुनसमय आमा बुवाको काखमा रमाउने बेला अर्काको घरको झमेलामा डुबियो । उनले भनिन सानैमा बच्चा जन्माइयो झनै बोझ थपियो दुुःख छ । कल्पना, इन्दीरा मात्रै होइनन जिल्लाको गाउ“बस्तीहरुमा किशोरी अबस्थामै आमा बन्नेको संख्या अधिक छ ।

पढाई लेखाईलाई बेवास्ता गरेर करिव १२ बर्षकै उमेर बिबाह गरेर आमा बन्ने चलन निकै बढी छ । जनचेतानाको कमी देखासिकीले गर्दा कलिलो उमेरमै बिबाह गर्ने चलन धेरै रहेको खत्याड गाउ“पालिका उपप्रमुख जयानन्दा रावलको भनाई छ ।

खत्याड गाउ“पालिका ५ (साबिकको खमाले गाविस) लाई ०७२ सालमा बालविवाहमुक्त घोषण गरेको थियो । बाल बिवाहमुक्त घोषणा गरिएपनि पछिल्लो समय यहा“ २० बर्ष नपुग्दै आमा बन्नेको संख्या अधिक छ ।महिला होस या पुरुष दुबै २० बर्ष नपुगी गरिने बिवाह कानुनी रुपले बालविवाह ठहरीने गरेको छ ।

केटा होस या केटी २० बर्ष नकटे सम्म बिबाह गर्न पाइदैन जिल्ला अदालतका श्रेष्तेदार रुद्ध प्रसाद अर्यालले बताए । मुगुमा बालबिबाह अत्याधिक मात्रमा रहेको उनको भनाई छ । कलिलो उमेरमै बिबाह गर्दा ३० बर्ष नपुग्दै बुढेयौली देखि गरेका छन । खत्याड गाउ“पालिका स्थित कवा, कोटील्ला, भागोटी, खमाले, लमेरा, चागपान्डे लगायतका बस्तीमा सानैमा बिहे गर्ने २० बर्ष मुनिका ५० भन्दा बढी किशोरी अवस्थाका आमाहरु भेटिने गरेका छन ।

पछिल्लो समयमा धेरै किशोरीहरु एसइई परिक्षा दिएलगतै बिवाह गर्ने गरेका छन लमेरा गाउ“मा मात्रै नभइ, कोटील्ला, खमाले, चागपाँडे, कवा र भागोटीमा पनि एसइई पछि बिवाह गर्ने किशोरी धेरै छन् । मुगुका बिकट गाउ“हरुमा २० बर्ष नपुगेरै बिहे गर्ने र बच्चा जन्माउने प्रचलन कुनै नौलो भने होइन, प्रमपरागत चलन हो शिक्षक दिलबहादुर थापा बताए ।

पढाइ छोडेर बिचैमा बिहेगर्ने अनि बच्चाले बच्चा जन्माएको देखेर साह्रै दुख लाग्छ, खमाले गाउ“की महिला स्वास्थ्य स्वयंसेबीका मसरी बुढाले भनिन्, आफुले लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको समाजमा बाल बिहे रोक्न र कम उम्मेरमा आमा नबन्न अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न सबैमा सल्लाह दिने गरेपनि वास्ता नगर्ने उनले सुनाईन
किशोरीहरुलाई सुत्केरी गराउन कठिनाई हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

तीन बर्षमा खमाले बर्थिङ्ग सेन्टरमा ५४ जना २० बर्ष नपुगेका किशोरीलाई सुत्केरी गराएको अनमी बिष्णुमायाघोडासैनीले भनिन २० नपुगेकी किशारीलाई सुत्केरी गराउन साहै्र समस्या हुन्छ । कसै कसैलाई लामो ब्यथा लागेर सुत्केरी गराउन दुई तीन दिन सम्म लाग्ने गरेको उनको भनाइ छ ।

उमेर नपुगि बिहेगर्ने २० बर्ष नपुग्दै आमा बन्ने समस्याले बच्चाहरु कम तौलको जन्मिने आमा र बच्चामा कुपोषण हुने, रक्तअल्पता हुने, इक्लाम्सिया आङ्ग खस्ने समस्या हुने लगाएत समस्या देखीन सक्ने र लामो समय सम्म सुत्केरी ब्यथा लाग्ने भइ आमा र बच्चाको ज्यान खतरामा पर्ने गरेको स्वास्थ्यकर्मी भनाइ छ ।

खत्याड गाउपाकिा– २ गाडेखोला गाउ“की दुधशीला भियाल ३२ बर्ष पुरा भइन । १५ बर्षको कलीलो उम्मेरमै बिहेगरेकी उनि यतिबेला सात सन्तानकी आमा बनेकी छन ।

सात सन्तान मध्य चा छोरा र तिन छोरी हाल जिबित अवस्थामै उनिसंगै छन् ।
उनका श्रीमान रडक भ्याल ज्याला मज्दुरी गरेर सात सन्तान लाई पालन पोषन गर्दै आएकाछन् । कलीलो उम्मेरमै बिहे भयो, एक बर्षमै छोरी जन्मी दुधशिलाले भनिन्, केही थाहाँ थिएन कसरी बच्चा पाल्ने पढाइको आखो छैन्, बाल बच्चा धेरै जन्मीए लोग्नेले ज्याला मज्दुरी गर्छन, हामी दुबैले पढे लेखेका छैन ।

घरको अन्नले दुई महिना मात्र खान पुग्ने उनको परिवारमा सात छोरा छोरी सहित ११ जनाको परिवार रहेको छ । उनिहरुको पालन पोषण र लुगा फाटोको लागि बर्षभरिनै ज्याला मजुरी गर्नु पर्ने बाध्यता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्